logo
  • आइतबार, असोज ११ २०८३

समाजवादी प्रेस संगठन पर्साको जिल्ला कार्यसमिति गठन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

रञ्‍जित चौरसिया, वीरगंज पुस १२ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको सोमबार जिल्ला कार्य समिति गठन भएको छ । समाजवादी प्रेस संगठन नेपालका केन्द्रि सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) पर्साका प्रचार विभाग प्रमुख राघव साहको अध्यक्षतामा सम्पन्न भेलाले मनोज पटेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।
नवगठित संगठनको उपाध्यक्षमा शम्भु कुमार सुमन, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचिवमा अजय चौरसिया, सह सचिवमा अमित अग्रवाल, बिनोद पटेल र कोषाध्यक्षमा हरिशंकर शर्मा चयन भएका छन् ।

यस्तै, संगठनको सदस्यहरुमा नरेश सर्राफ, संतोष साह, दिपेन्द्र गिरी, दिपक चौरसिया, रञ्जित चौरसिया, श्याम पासवान, शंकर पटेल, अर्जुन गुप्ता, आशमहमद अंसारी, सरोज पटेल, जय यादव, सानु साह, अनुप यादव, रामेश्वर चौरसिया, आर के जयसवाल, श्रीराम रौनियार लगायतका रहेका छन् ।

वीरगंजस्थित होटल मकालुमा भएको भेलामा संगठनका केन्द्रिय सदस्य साहले समितिको घोषणा गरेका थिए । भेलाले संगठनको सल्लाहकारमा संजय साह, सरोज खड्का लगायतकालाई चयन चयन गरेको छ ।

नेकपा (एकिकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवम् प्रदेश नम्बर २ का उपाध्यक्ष रामचन्द्र साहको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य चिरञ्जीवी आचार्य, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान, रेविन्द्र कार्की, जितलाल श्रेष्ठ, रमेश सुवेदी, बाराका अध्यक्ष अजय साह लगायतले शभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend