logo
  • आइतबार, असोज ११ २०८३

पश्चिम् नवलपरासीम १० जना फरार अभियुक्त पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

उर्मिला यादव यात्री, सुनवल पुस ११ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले आज आइतबार ३५ बर्षदेखि फरार रहेका १ जना सहित १० जना फरार अभियुक्त पक्राउ गरेको छ ।

नवलपरासी जिल्ला अदालतबाट २०४३ सालदेखि २०६९ सालसम्मका बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका लागु औषध मुद्धाका १ जना, वन मुद्धाका १ जना, गाली बेईजती मुद्धाका १ जना, अंशवण्डा मुद्धाका १ जना, जालसाजी मुद्धाका १ जना, नागरीकता मुद्धाका १ जना, हक कायम मुद्धाका २ जना, गौबध मुद्धाका १ जना र कर्तव्य ज्यान मुद्धाका १ जना गरी १० जना फरार अभियुक्तहरु पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाको सरावल गाँउपालिकाबाट ४ जना, बर्दघाट नगरपालिकाबाट ५ जना र प्रतापपुर गाँउपालिका बाट १ जना फरार अभियुक्त पक्राउ गरेको जनाएको छ । आइतबार पक्राउ पर्नेमा २०४३ सालदेखि फरार रहेका १ जना वन मुद्धाका फरार अभियुक्त पनि छन्, निजलाई जिल्ला अदालतबाट १ हजार १ सय ६ रुपैयाँ जरीवाना तोकिएको छ ।

निज बर्दघाट नगरपालिकाबाट पक्राउ परेका हुन् । अदालतको लगत अनुसार पक्राउ पर्नेमा अधिकतम सजाय लागु औषध मुद्धाका १ जना अभियुक्तको १ बर्ष कैद र १ हजार रुपैयाँ जरीवाना तोकिएको छ भने अन्य ९ जना अभियुक्तहरुको कसुर अनुसार ५० रुयैयाँ देखि २० हजार रुपैयाँ सम्म जरीवाना तोकिएको छ ।

पक्राउ परेका १० जना अभियुक्तहरुको सजाय १ बर्ष कैद र २९ हजार २ सय ३७ रुपैयाँ जरिवाना रहेको छ । पक्राउ गरीएका सबै १० जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही भएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताउनु भएको छ ।

हालसम्म बिभिन्न मुद्धाका ९० जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको शाहीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend