logo
  • आइतबार, असोज ११ २०८३

बुटवलमा नेपाली सेनाको अस्पताल र विद्यालय बन्ने, प्रधानसेनापतिद्धारा भवनको शिलान्यास


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

यमलाल भुसाल, बुटवल पुस ११ ।
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले बुटवलमा सैनिक अस्पताल र आवासीय महाविद्यालय भवनको शिलान्यास गर्नु भएको छ ।
सैनिक कल्याणकारी योजना अन्तर्गत नेपाली सैनिक कल्याणकारी कोषको लगानीमा रुपन्देहीको खस्यौली ब्यारेक हाताभित्र निर्माण हुने सैनिक आवासीय महाविद्यालय भवन र श्री नं २२ बाहिनी अड्डा योगिकुटी ब्यारेक हाताभित्र सैनिक अस्पतालकोे एक कार्यक्रमका शिलान्यास गर्नु भएको हो ।
सोहि अवसरमा प्रधान सेनापति शर्माले लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष शिष्टाचार भेटबार्ता गर्नुभएको थियोे । बुटवल उपमहानगरपालिका–१ मा अवस्थित ऐतिहासिक जीतगढी किल्लाको समेत प्रधान सेनापति शर्माले अवलोकन गर्नुभएको थियो ।

अवलोकनको दौरान प्रधान सेनापति शर्मालाई श्री गरुडदल गणका गणपति प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले ऐतिहासिक जितगढी किल्ला पुनः निर्माण कार्य सम्बन्धी गुरु योजनाका वारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा स्थानिय इतिहास सम्बन्धी जानकार व्यक्ति रविन्द्र लाकोल तथा वडा अध्यक्ष महेन्द्र प्रसाद लिगल समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend