साझा नेटवर्क
रञ्जित चौरसिया, वीरगंज पुस १० ।
हिन्दू परिषद नेपालले शुक्रवार देखि सोल्टी गार्डेन होटल एण्ड पार्टी पैलेसमा आयोजित राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम शनिवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । शनिवार बिहान देखि भएको प्रशिक्षण कार्यक्रममा भारतका मधुमुनि गुरु, पूर्व डिआईजी कृष्णभत्त ब्रह्मचार्य, हिन्दूवादी अगुवा डा. चिन्तामणी योगी, शंकर खराल, दिपक महाराज आतरे, श्रीनिवास गुरु लगायतकाले आ–आफ्नो अनुभव आदानप्रदान गर्नुका साथै प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरुले आफ्नो धर्म र राष्ट्रलाई सर्वोच्च शिखरमा राखी आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गर्नु भएको थियो । विश्वमा एक मात्र हिन्दू राष्ट्र नेपाल रहेकोमा केही विदेशी दलालहरुले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाए । अब छिटै नेपाल हिन्दू राष्ट्र बनाउनका लागि हामी सबै मिलेर हिन्दू बिरोधी गतिविधि गर्नेमाथि कडा निगरानी गर्न आग्रह गरेका थिए ।
हिन्दू धर्म कसैले सिकाउनु भन्दा पनि आफ्नो घर, परिवार समाजमा मान्दै आएको हिन्दू धर्मलाई मजबुत बनाउन हामी सबैले हरेक दिन आफ्ना गुरु, आमा बुवाबाट आफ्नो धर्म संस्कृतिको बारेमा सिक्न जरुरी रहेको बताए । नेपालका अधिकांश स्कूलहरुमा क्रिश्यचन विद्यार्थीहरु नरहे पनि क्रिश्मस दिवस मनाउन विभिन्न कार्यक्रमहरु गरिरहेका छन् तर हिन्दू धर्मका हजारौ लाखौ विद्यार्थीहरु रहे पनि हिन्दू धर्मका बारेमा कुनै पनि कार्यक्रम नहुनु दुःखद रहेको बताए ।
अभिभावकहरुले पनि आफ्नो बालबच्चा पढने स्कूलमा आफ्नो धर्म संस्कृतिको रक्षा गर्नका लागि समय समयमा हिन्दू धर्म संस्कृतिको बारेमा जनचेतना एवं कार्यक्रमहरु गर्न स्कूलका व्यवस्थापन पक्षलाई घचघचाउन आग्रह गरेका थिए । नेपालमा ८२ प्रतिशत ओमकार हिन्दू समुदाय रहेपनि हिन्दू धर्मावलम्बीहरुले आफ्नो धर्म संस्कृतिको रक्षाको लागि यस्ता प्रशिक्षण कार्यक्रमहरु गर्न सुझाएका थिए ।
प्रशिक्षण कार्यक्रम पश्चात हिन्दू धर्म संस्कृतिमा योग्दान पु¥याएका परिषद्का नगर, जिल्ला, प्रदेश र केन्द्रिय समितिका पदाधिकारी सदस्यहरुलाई सम्मान गरिएको थियो ।
साथै हिन्दू धर्म संरक्षणमा योग्दान पुराएका र पुराउदै आएका करिब १५० व्यक्ति तथा संघसंस्थाहरुलाई भारतका मधुमुनि गुरु, पूर्व डिआईजी कृष्णभत्त ब्रह्मचार्य, हिन्दूवादी अगुवा डा. चिन्तामणी योगी, शंकर खराल, दिपक महाराज आतरे, श्रीनिवास गुरु, कालि माता, आरती माता, साबित्रि माता, बरिष्ठ समाजसेवी जगरनाथ प्रसाद कुर्मी, परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल लगायतका गुरु एवं अतिथिहरुले गम्छा, अबिर टिका र कदर पत्रले सम्मानित गरेका थिए ।
परिषद्का जिल्ला अध्यक्ष हरेन्द्र पटेलले आफ्नो शान्दर्भिक भनाई राख्दै कार्यक्रमको समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend