logo
  • आइतबार, असोज ११ २०८३

हिन्दू परिषद नेपालले राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम गर्ने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

रञ्‍जित चौरसिया, वीरगंज पुष ८ ।
हिन्दू परिषद नेपालले वीरगंजमा यही पौष ९ र १० गते राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम गर्न लागेको जनाएको छ । परिषदले बिहीबार सोल्टी गार्डेन होटल एंड पार्टी पैलेसमा पत्रकार सम्मेलनको आयोजना गरि सो सम्मेलन एवं प्रशिक्षणको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
पुस ९ गते बिहान ११ बजे कार्यक्रमको उदघाटन हुने र त्यसपछि ५ बजे देखि सांस्कृतिक कार्यक्रम त्यसैगरी १० गते प्रशिक्षण एवं हिन्दू धर्म संस्कृतिमाथि योग्दान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिने परिषद्का अध्यक्ष संतोष पटेलले बताउनु भयो । परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलले देशको ७२ जिल्लामा आफ्नो कमिटि रहेको जनाउदै जिल्लाको हरेक कमिटिबाट एक जना अध्यक्ष र एक जना सचिव गरी दुई जनाको अनिवार्य सहभागीता हुने बताउनु भयो ।

सो सम्मेलनमा करिब ४ सय सहभागी हुने जनाउदै सहभागी सम्पूर्णलाई निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको अध्यक्ष पटेलले पत्रकार सम्मेलनमा बताए । सो सम्मेलनको मुख्य उदेश्य भनेको नेपाललाई हिन्दू राष्ट्र गराउनु रहेको चर्चा गर्दै प्रशिक्षणमा सहभागी सम्पूर्णहरुलाई हिन्दूलाई एकजुट बनाई परिषद्लाई झनै मबजुत बनाउन फलदायी हुने बताउनु भयो ।

दुई दिने सो कार्यक्रममा भारत एवं नेपालका विभिन्न धर्मगुरु, पुजारी, हिन्दूवादी अगुवाहरू डा. चिन्तामणी योगी, डा. सुरेन्द्र भण्डारी, धर्मपाल गुरु, डा. दिपक शाक्य, प्रोफेसर बासु कर्ण, अरबिन्द श्रेष्ठ लगायतकाले प्रशिक्षण दिनु हुने कार्यक्रम तय भएको अध्यक्ष पटेलले बताउनु भयो । कार्यक्रममा सहभागी हुनकालागि हिन्दू परिषदले सम्पूर्ण सनातनी, ओमकार, हिन्दू समाजलाई हिन्दू परिषदले खुल्ला आमन्त्रण समेत गरेको छ ।

पत्रकार सम्मेलनमा परिषदका केन्द्रिय उपाध्यक्ष विजय गुप्ता, केन्द्रिय कोषाध्यक्ष संजय सर्राफ, समाजसेवी जगरनाथ प्रसाद कुर्मी, केन्द्रिय सदस्य सचितानन्द दुबे, रमेश रौनियार, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, रौतहट जिल्ला उपाध्यक्ष रंजित पटेल, सुरेश साह कानु, लालबाबु प्रसाद कुर्मी, विनोद प्रसाद कुर्मी, चिरञ्जन श्रीवास्तव, पिंकी महासेठ, अरुण झा, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend