साझा नेटवर्क
काठमाडौं, पुस ८ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित गरेको छ।
मन्त्रीयस्तर निर्णय गर्दै मन्त्रालयले लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउने कार्य हालका लागि स्थगित गरेको हो।पुस ६ मा मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि कामकाजमा खटाउने कार्य स्थगित गरिएको जनाएको छ।
मन्त्रालयका शाखा अधिकृत रवीन्द्रप्रसाद पौड्यालका अनुसार अर्को व्यवस्था नभएसम्म अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित गरिएको छ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend