logo
  • शुक्रबार, साउन ८ २०८३

पश्चिम् नवलपरासीमा १ लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

उर्मिला यादव, सुनवल पुस ६ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले आज मंगलबार करिब १ लाख १० हजार ४ सय मुल्य बराबरको बिभिन्न मालसामान बरामद गरेको छ ।
प्रहरीको अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको प्लाष्टिक बुलेट गन ९६ पिस र बिभिन्न किसिमका बच्चाको खेलौना ७२ पिस लगायतका सामान पाल्हिनन्दन गाँउपालिका वडा नम्बर २ भक्सिपुरबाट बरामद गरेको हो ।

उक्त मालसामान भारतबाट अवैध रुपमा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । बरामद भएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend