logo
  • शुक्रबार, साउन ८ २०८३

रिडर्सको २८औं वार्षिक उत्सव, सम्मान, सचेतनादेखि गीत संगितको रौनक


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

टोपलाल अर्याल, गुल्मी पुस ६ ।
रिडर्स पब्लिक हाई स्कुल तम्घास गुल्मीको २८ औं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको प्रमुख अतिथी रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घघाटन गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै भुसालले रिर्डसको आफ्नै गरिमा भएकाले शैक्षिक सफलताको शुभकामना दिए ।
शिक्षाको क्षेत्रको विकासमा निजी र सामुदायीक बिद्यालयको भुमिका एउटै हुने भएकाले सरकारले दुवै क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले वार्षिक उत्सवको अवसरमा संचालन भएका विभिन्न खेलकुद प्रतियोगीतामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए । कार्यक्रममा कोभिड १९ को कारण रोकिएको ०७७ सालको पुरस्कार पनि वितरण गरिएको स्कुलका प्रिन्सिपल श्रीप्रसाद भलामीले जानकारी दिए ।

त्यस्तै बार्षिक उत्सवकै अवसरमा विभिन्न बिद्यार्थी एवं शिक्षिकाहरुबाट सांस्कृतिक नृत्य र सामाजिक संजाल तथा संगतले पार्ने प्रभावसहितको लागुपदार्थ दुव्र्यसनीसंग सम्बन्धित सचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममै कक्षा ८ मा अध्ययनर विद्यार्थी १४ बर्षीय सौगात घिमिरेले स्थानीय सामग्रीको प्रयोग गरेर हाइड्रोलिक डोजर निर्माण गरेर प्रर्दशन गरेका थिए । घिमिरेलेको सृजनशिलताको कदर गरेर स्कुलको तर्फबाट मेडलसहित सम्मान गरिएको स्कुलका सहायक प्रिन्सिपल टीका भलामीले जानकारी दिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापा, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष गुणानिधि शर्मा, रेसुङ्गा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भरत भलामी, वडा नं १ का वडा अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापा, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतको उपस्थित रहेको थियो ।

विद्यालयका कार्यकारी अध्यक्ष तथा संस्थापक प्रिन्सिपल श्रीप्रसाद भलामीको अध्यक्षता, मेयर भुसालको प्रमुख आतिथ्यता, शिक्षक सरोज खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रशासन संयोजक पुष्कर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend