logo
  • शुक्रबार, साउन ८ २०८३

सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मी शोकलाई शक्तिमा बदल्दै, ११ लाख मृत्यु दावी भुक्तानी


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

गुल्मी, पुस ६ ।
सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नं. ३ का धन बहादुर झाँक्रीको परिवारलाई विमांक १० लाख, किरिया र अन्य खर्च वापतको एक लाख गरेर ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीका प्रमुख सन्तोष कुवंर क्षेत्रीले जानकारी दिए ।
झाँक्री वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवीयामा कार्यरत थिए । उनको गत बैशाखमा घर आएको बेला (Cardio–Pulmonary arrest) बाट मृत्यु भएको थियो । मंगलबार कम्पनीले रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल मार्फत धन बहादुरकी श्रीमती कविता राना झाँक्रीलाई ११ लाखको चेक प्रदान गरेको छ ।

चेक हस्तान्तरण गर्दै मेयर भुसालले रकमको सहि सदुपयोग गर्न आग्रह गरे । उनले बिमा कम्पनीले प्रक्रियामा सहजीकरण गर्दै भुक्तानी हुने रकमको अधिकतम सदुपयोग हुने स्थितीलाई समेत ख्याल गर्नुपर्नेमा जोड दिए । बिमाको मृत्यु दावी भुक्तनी बुझ्दै धन बहादुरकी श्रीमती कविता रानाले बिमाले शोकलाई शक्तिमा बदल्न सहयोग गरेको प्रतिक्रिया दिइन् ।

‘नियतीले श्रीमान गुमाइयो । तर, मान्छेसंग पैसाको तुलना कसरी गर्नु,’उनले भनिन,‘पीडा सहन र छोरीको लागि बिमाले ठुलो गुन ग¥यो ।’ उनको आठ बर्षकी छोरी रहेकी छन् । सन नेपाल लाईफ इन्स्योरेन्सले विसं.०७५ सालबाट गुल्मीमा कार्यालय स्थापना गरेर जीवन बीमाको सेवा उपलब्ध गराई रहेको छ ।

विमितलाई सहज तरिकाले सेवा दिनको लागि सन नेपाल लाईफ शुरुदेखिनै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । सन नेपाल लाईफले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना विमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । भने जिल्लाका अरु विभिन्न स्थानमा शाखा बिस्तारको योजना बनाइरहेको इन्स्योरेन्स गुल्मीका प्रमुख कुवंरले जानकारी दिए ।

कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको सन नेपाल लाईफ इन्स्योरेन्सले ०७४ सालबाट सामाजिक सेवा दिवसको अवसरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको हो । कार्यक्रममा मेयर भुसालसहित वडाध्यक्ष, अभिकर्ता र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend