logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको खड्गकोटमा युवासंघ वडा कमिटी गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, पुष २ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६, खड्गकोटमा युवा संघ नेपालको वडा कमिटी गठन सम्पन्न गरिएको छ । अनिस थापा अध्यक्ष रहेको वडा कमिटी गठन गरिएको हो ।
उपाध्यक्ष मुक्ति ढकाल, धन बहादुर थापा, लाल बहादुर थापा, रेशम गिरि, शेर बहादुर थापा, तारा परिवार, सचिब रोजन ढकाल, सह सचिव लक्ष्मण थापा, मोति परियार, रोशनी थापा, कोषाध्यक्ष सुस्मा थापा रहेको ७५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

नेकपा एमाले कालीगण्डकी गाउँपालिका अध्यक्ष रामजी ढकालको प्रमुख आतिथ्य वडाकमिटी अध्यक्ष प्रेम थापाको अध्यक्षता छबिलाल ढकालको स्वागत मन्तव्यबाट कार्यक्रम सुचारु गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रामजी ढकालले देश निर्माणको जिम्मेवारी अब युवाहरुको हातमा आएको बताए । सबै युवाहरु एकजुट भएर लाग्नु पर्ने भन्दै युवा संघ नेपाल देश निर्माणको लागि बलियो संगठन भएको दाबी गरे ।

कार्यक्रममा नेताहरु कबिराज ढकाल, शिबलाल ढकाल, नीर बहादुर खड्का, युवा संघ गुल्मी जिल्ला कमिटी सदस्य शेर बहादुर थापा, जङ्ग थापा, टीका राम ढकालको विशेष उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन बासन थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend