logo
  • आइतबार, असोज ११ २०८३

ड्युटिमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल,गुल्मी पौष ०२ ।

गुल्मीमा ड्युटिमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलस्थित धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा ड्युटिमै रहेका सिनियर अहेव बाबुराम कुँवरमाथि हातपात भएको हो ।

धुर्कोट गाउँपालिका ५ वस्तु निवासी अन्दाजी ३८ बर्षिया चिरञ्जिवी भण्डारीले शुक्रबार दिउँसो १२ः३० बजेतिर कार्यकक्षमै पुगेर अपशब्द बोल्दै कुटपिट गरेको पिडित कुवँरले बताए । कुँवरको अवस्था भने सामान्य रहेको छ । कुटपिट गर्ने भण्डारीलाई धुर्कोट प्रहरी चौकीले नियन्त्रणमा लिएकोे छ । भण्डारीको आमा बिरामी भएकोले उपचारका लागि कुँवरलाई चिरञ्जिवीले घरमै बोलाएका थिए ।

तर अहेव कुँवर घरमा नजाँदा कार्यकक्षमै पुगेर भण्डारीले कुटपिट गरेको धुर्कोट प्रहरी चौकीका प्रमुख लोकमान ताम्राकारले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend