logo
  • शुक्रबार, साउन ८ २०८३

नेशनल लाइफ इन्स्योरेन्सद्वारा बिमा शिक्षा कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

कृष्ण भट्टराई, गुल्मी मङ्सिर २७। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.गुल्मी शाखाको आयोजनामा “बिमा शिक्षा तथा बिमित अन्तरक्रिया कार्यक्रम मुसिकोट नगरपालिका ३ ठुलापोखरा गुल्मिमा सम्पन्न भएको छ।
मुसिकोट नगरपालिका अन्तरगत २,३ र ४ वडाका बिमितलाइ लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको कम्पनिका एजेन्सी म्यानेजर वसन्त अधिकारीले जानकारी दिनुभयो।
कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.गुल्मी शाखा प्रमुख हरि प्रसाद भण्डारीले कम्पनिले जारी गरेका नयाँ पोलिसी र स्किम तथा विभिन्न घटनामा क्षतिपूर्ति दाबीको लागि आवश्यक कानुनी मापदण्ड लगाएत बिमा गरेपछिको सुरक्षित भबिस्य बारे बिमितहरुलाइ प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा बोल्दै भण्डारीले बिमा बारे जानकारी नलिइ बिमा कम्पनिको पोलिसी लिने त्यसपछि १/२ बर्षको भुक्तानी पछि चासो नराख्ने प्रबृत्ति बढेको हुदा कम्पनिले गाउँ गाउँमा पुगेर बिमाशिक्षा कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।

कार्यक्रम उपस्थित मध्य जेष्ठ सदस्य मान बहादुर कार्कीको अध्यक्षता नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि गुल्मी शाखा प्रमुख हरि प्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा एजेन्सी म्यानेजर वसन्त अधिकारीको सन्चालनमा सप्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend