logo
  • आइतबार, असोज ११ २०८३

खानेपानी तथा बायोस्टेयण्ड फिल्टर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रिन्स मिश्रा,कपिलवस्तु मंसिर २६ ।

खानेपानी तथा बायोस्टेयण्ड फिल्टर सम्बन्धी अभिमुखीकरण कार्यक्रम शिवराज नगरपालिका वड़ा नं १० लालपुरमा सम्पन्न भएको छ । शिवराज नगरपालिका वड़ा नं १० को आयोजना र पोषण बायोस्टेयण्ड फिल्टर प्रबर्धन तथा स्वच्छता केंद्रको समन्वयमा उक्त कार्यक्रम शिवराज – १० लाई सुरक्षित खानेपानी सबैका लागी सधैका लागी, सुधारौं बानी पिउने गरौं सुरक्षित पानी’ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको छ । अभिमुखीकरण कार्यक्रममा पोषण बायोस्टेयण्ड फिल्टर प्रबर्धन तथा स्वच्छता केंद्रका प्रबन्ध निर्देशक दयाराम शर्मा र राधिका केसीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बोल्दै शर्माले हामीले पिउने पानी सुरक्षित र सफा भएमा मात्र हामी स्बस्थ हुने भएकोले सुरक्षित खानेपनी हामीले बिशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो । वड़ा नं १० लाई पुर्ण सुरक्षित खानेपानी वड़ा बनाउने उदेश्य सहित यो कार्यक्रम संचालन गरिएको वड़ा अध्यक्ष मन्जु मिश्रले जानकारी दिनु भएको छ ।वड़ामा नयाँ प्रविधिका बायोस्टेयण्ड फिल्टर २-४ दिन भित्र बितरण गर्ने बाचाका साथ वड़ा अध्यक्ष मिश्रले कार्यक्रम सम्पन्न गर्नु भएको थियो । कार्यक्रममा २५ जनाको सहभागीता रहेको थियो ।,कार्यक्रममा सुरक्षित खानेपानी सम्बधमा बोल्दै लोसपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले सुरक्षित खानेपनीमा बिशेष ध्यान दिएको भन्दै वड़ा अध्यक्ष मन्जु मिश्रलाई धन्यबाद समेत ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend