साझा नेटवर्क
कृष्ण भट्टराई, गुल्मी मंसिर २५ ।
पृथ्वी माध्यामिक विद्यालय मुसिकोट नगरपालिका ३ गुल्मीले आफ्नो स्थापनाको ६५ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक उत्सव कार्यक्रममा प्रभातफेरी, सरस्वती पुजा, छात्र भलिबल, रेकर्ड डान्स प्रतियोगिता लगाएतका कार्यक्रम प्रदर्शन गरिएको थियो ।
छात्र भलिबल खेलमा भुपु बिद्यार्थिको समूह प्रथम तथा अध्ययनरत बिद्यार्थिको समूह द्वितीय भएका छन् । रेकर्ड डान्समा सुस्मिता बिक प्रथम भइन ।
कोभिड १९ संक्रमणको जोखिमलाइ मध्यनजर राखेर बार्षिक उत्सवलाइ १ दिनमा समेटिएको बिद्यालयका प्रधानाध्यापक चन्द्र ब.पाण्डेले जानकारी दिनुभयो । बार्षिक उत्सव कार्यक्रममा बिद्यालयका सर्बोत्कृष्ट चन्दादाता स्व.रण बहादुर सिंहको फोटोमा माल्यार्पण गरिएको थियो ।
प्लस टु सन्चालन गर्ने बेलामा सिंहको परिवारले नगद रु ५ लाख चन्दा स्वरुप बिद्यालयलाई हस्तान्तरण गरेको स्मरणमा हरेक कार्यक्रममा उहाँ प्रती श्रद्धा अर्पण गरिदै आइएको बिद्यालयले जनाएको छ ।
बार्षिक उत्सव कार्यक्रममा बिद्यालयका विभिन्न क्रियाकलापमा सफल बिद्यार्थिहरुलाइ सम्मान तथा पुरस्कृत गरिएको थियो ।
बिद्यालय का शिक्षक टीका बहादुर घर्तिको स्वागत मन्तव्य रहेको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिती जेष्ठ सदस्य शान्ती बोहोराको अध्यक्षता,वार्ड नम्बर ३ का वार्ड अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्रीको प्रमुख आतिथ्यता तथा बिद्यालयका शिक्षक बोम बहादुर छन्तेलको सन्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बिद्यालयका शिक्षक, बिद्यार्थि, अभिभावक लगाएत मुसिकोट नगरपालिका अन्तरगत २,३ र ४ वार्डका वार्ड प्रमुख, राजनैतिक दलका प्रतिनिधि, संघसंगठनका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी, चन्दादाता, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend