साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा खुल्ला तर्फबाट सबैभन्दा कान्छा केन्द्रिय सदस्यमा दुर्गम क्षेत्र कर्णाली अञ्चलको कालिकोट जिल्लाका धनसुर शाही निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न राप्रपाको एकता महाधिवेशनबाट शाही विजयी भएका हुन् ।
शाही दुर्गम कालिकोटका भए पनि कर्णाली तथा पिछडिएको क्षेत्र आरक्षण कोटा नभइ खुल्ला तर्फबाट धेरै पाका र सिनियर नेतालाइ पछाडि पार्दै छैटौं स्थानमा १७ सय १३ मत प्राप्त गरि केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । बिगत १५ बर्षा देखि विद्यार्थी राजनीतिको केन्द्रमा सक्रिय शाही राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रिय अध्यक्ष पनि हुन । अङ्ग्रेजीमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका शाही राप्रपा बृतमा बौद्धिक युवा नेताका रूपमा चिनिन्छन ।
शाही आफुलाइ भाग्यमानी ठान्नु हुन्छ किन भने राप्रपा स्थापक अध्यक्ष पुर्ब प्रधानमन्त्री स्वर्गीय सुर्यबहादुर थापाले गठन गरेको तत्कालीन राष्ट्रिय जनशक्ति पार्टीको विद्यार्थी संगठनको पहिलो चोटी २०६६ सालमा केन्द्रिय अध्यक्ष भएका शाही राप्रपा बिभाजन र एकताको सृङखलामा क्रमश राप्रपाका अर्का स्थापक अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द ,निबर्तमान अध्यक्ष त्रय पशुपतिशमशेर जवरा, डा.प्रकाश चन्द्र लोहनी र कमल थापाले राप्रपाको नेतृत्व गर्दा विद्यार्थी संगठनको अध्यक्ष भइ काम गर्ने मौका पाए । उमेरले ३६ बर्षाका शाही खुल्ला तर्फबाट बिजयी हुने सबै भन्दा कान्छा केन्द्रिय सदस्य हुन ।
प्रतिस्पर्धामा रमाउन रुचाउने शाही कर्णाली तथा पिछडिएको कोटा सुरक्षीत हुदाहुदै खुल्ला तर्फबाट अत्यधिक मत प्राप्त गरि छैटौं स्थानमा निर्बाचित भएका हुन । राप्रपा टुट र फुटबाट आजित शाही अब कुनै पनि हालतमा पार्टी बिभाजन हुन नदिने र राप्रपालाइ एकताबद्ध राखी देशको अग्रणी शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend