साझा नेटवर्क
कृष्ण भट्टराई,गुल्मी मंसिर २२ ।
मुसिकोट नगरपालिका, हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा जनबिकास केन्द्र गुल्मी द्वारा सन्चालित “सामुदायिक बिकासका लागि बाख्रा उद्यम परियोजना”कार्यक्रम अन्तरगत मुसिकोट नगरपालिका ४ तल्लो दजाकोटमा ४ दिने हेफर आधारशिला तालिम सन्चालन गरिएको छ ।
मुसिकोट ४ तल्लो दजाकोटमा बाख्रा पालन गर्दै आएका विभिन्न समुहलाइ लक्षित गरि तलिमको आयोजना गरिएको तालिम आयोजक संस्थाका सहजकर्ता तथा प्रशिक्षक अमर बहादुर रेश्मी मगरले जानकारी दिनुभयो । तालिममा स्थानिय २८ जना उद्धमशिल महिलाको सहभागिता रहेको छ ।
उद्धमशिल कृषकको जीवन परिवर्तनको लागि सकारत्मक सोच तथा ब्याक्तिगत क्षमता अभिबृध्दी गर्ने उद्देश्यले ४ दिने तालिमको आयोजना गरिएको तालिमका प्रशिक्षक रेश्मीले जानकारी दिनुभयो । तालिम मंसिर २३ गते समापन हुनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend