logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा मृत चितुवा फेला


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुल्मी मंसिर २१ ।

गुल्मीमा मृत चितुवा फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ५ आपँचौर तल्लाफाटमा मृत चितुवा भेटिएको हो ।
मिमिया फाट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानियले देखे पछि स्थानिय प्रहरी कार्यालय मजुवामा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन बन कार्यालय सोतामा जानकारी गराएका थिए । उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन बन कार्यायल गुल्मीमा जानकारी गराएको थियो ।डिभिजन बन कार्यालय गुल्मीबाट सायक बन अधिकृत पंकज कुमार ठाकुर सहितको टोलीले घटनास्थाल पुगी डिभिजन बन कार्यालय गुल्मीमा ल्याएको थियो । ६ फिट ४ इन्ज लामो करिब ३० केजीको चितुवालाई कार्यालय परिसरभित्र खाडल खनी ब्यवस्थापन गरिएको छ ।
२÷३ दिन अघि मरेको हुन सक्ने डिभिजन बन कार्यालय गुल्मीका सायक बन अधिकृत पंकज कुमार ठाकुरले बताए । वयस्क चितुवा के कारणले मरेको हो खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend