logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको चन्द्रकोट इप्रका आफ्नै भवनमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल,गुल्मी मंसिर २० ।

गुल्मीको चन्द्रकोट इलाका प्रहरी कार्यालयको आफ्नै भवन निर्माण भएको छ । सोमबार चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा निर्माण गरिएको भवनको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले उद्घाटन गरे । भवन उद्घाटन गर्दै शर्माले नयाँ भवनले स्वभाविक रुपमा प्रहरीको कार्यसम्पादनमा सहजता हुने बताए । अझै पनि नागरिकको सुरक्षा गर्ने प्रहरी जिर्ण भवनहरुमा जोखिम मोलेर बस्ने अवस्थाको अन्त्यको लागि प्रदेश सरकारले काम गरिरहेको शर्माले बताए ।प्रदेश सरकारको दुई करोड ८२ लाख २४ हजार पाँच सय ६७ रुपैयाँको लागतमा भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षण गोपालचन्द्र भटराईले जानकारी दिए । आधुनिक भवन निर्माणको लागि तुल्सी÷भक्त अर्जुन बिल्डर्स ललितपुरले ०७७ साल असार २७ गते सम्झौता गरेर ०७८ असारमा काम सम्पन्न गरेको थियो । जिल्लामा चार इलाका प्रहरी कार्यालय रहेका छन् ।

चन्द्रकोट इलाका प्रहरी कार्यालयसंगै रिडी, जुहाङ र पुर्कोटदहको आफ्नै भवन बनेको प्रहरी उपरिक्षक भट्राईले बताए । चन्द्रकोट इलाका प्रहरी कार्यालय लामो समयदेखि स्थानीय व्यक्तिको कच्चि जिर्ण घरमा बस्दै आएको थियो । आधुनिक भवन निर्माण भएपछि प्रहरीसंगै स्थानीय खुसी भएका छन् ।

चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरका कमल खत्रीले इलाका प्रहरी कार्यालयले बिगतमा निकै बिडम्बनापूर्ण रुपमा जिर्ण घरबाट कार्यसम्पादन गरेको बताए । ‘इलाका प्रहरी कार्यालय भन्न लाजमर्दो स्थिती थियो । बस्न र कार्यसम्पादनका झन कस्तो अवस्था रह्यो होला,’उनले भने,‘भवन बन्यो प्रहरी र नागरिक ढुक्क छौ । जिल्ला प्रहरी कार्यालयका अनुसार अझै एक दर्जन बढि प्रहरीचौकी स्थानीय सार्वजनिक संस्था र व्यक्तिका जिर्ण घरहरुमा छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय समेत भाडामा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend