logo
  • आइतबार, असोज ११ २०८३

नेपाली सेनाद्धारा सिद्धबाबाका विद्यार्थीलाई एनसिसी तालिम


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री
१९ मंसिर, गुल्मी । विद्यालयमा किताबी ज्ञानका अलवा विद्यार्थीहरुलाई अन्य ज्ञानको बारेमा पनि तालिम तथा जानकारी दिन थालिएको छ । नेपाली सेनाले गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक बिद्यालयमा पढ्ने बिद्यार्थीहरुलाई ५० दिने एनसिसी तामिल दिन सुरु गरेको हो ।


सिद्धबाबा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा पढने ३६ जना विद्यार्थीलाई नेपाली सेना जंगी अड्डा काठमाडौंले आत्मरक्षा तथा देशभक्ती एनसिसी सम्बन्धी तालिम दिन सुरु गरेको छ । तालिमको जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले शुभाम्भ गरेका हुन् ।

नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत विद्यार्थीलाई यस्ता खालका तालिम दिन थालिएको हो । तालिमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले राष्ट्र र नागरिकहरु प्रति शुसभ्य नागरिक बनाउने उदेश्यले तालिम दिन थालिएको बताए ।तालिम पश्चात अनुशासित नागरिक र सेनाको रिर्जव फोर्सको रपमा रहेको पौडेलले बताए । तालिमको क्रममा अनुशासनलाई केन्द्र बिन्दुमा राखेर राज्यप्रति र नागरिक प्रति सर्मपित भावले कामगर्ने ज्ञानसिप लिन आग्रह गरे ।


तालिम शुभारम्भ शिक्षा बिकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले विद्यार्थीले तालिमको क्रममा पढाईलाइ पनि ध्यान दिन आग्रह गरे । तालिमबाट अनुशासित, बफदारिता, इमान्दारिता, राष्ट्रियताको भावना र नेतृत्व क्षमता बिकास गर्नुका साथै भविष्यमा विपद तथा उद्धार, राहत कार्यमा स्वयम् सेवकको भूमिका निर्वाह गर्नसक्ने दक्ष जनशक्ती उत्पादन गर्ने तालिमको मुख्य उदेश्य रहेको संग्राम सार्दुल गुल्म गुल्मीका प्रमुख सेनानी राजन भुजुले बताए ।

अनुशासनमा बसी तालिमबाट ज्ञान हासिल गर्न उनले आग्रह गरे । कोरोना महामारी पहिले एनसिसी तालिम एक सय दिन रहेको थियो ।जसमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामुहिक क्याम्प सञ्चालन गर्दै आइरहेको थियो । तर अहिले कोरोना महामारीका कारणले गर्दा तालिम अवधि घटाइएको छ ।जसअनुसार ५० दिन मात्रै दिन थालिएको छ । जसमा ३५ दिन विद्यालयमै संस्थागत तालिम र १५ दिनको तालिम काठमाण्डौंको हात्तिखोर स्थित राष्ट्रिय सेवा दलको तालिम केन्द्रमा पठाईने सेनानी भुजुले बताए ।

तालिममा सहभागी हुने विद्यार्थीहरुले आफुलाई सक्षम बनाउन, अनुशासित नागरिक हुन र पछि नेपाली सैनिक भई देशको सेवा गर्ने मौका समेत पाउने सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend