logo
  • आइतबार, असोज ११ २०८३

नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाडको अध्यक्षमा ढालमणि भण्डारी सहित २४ जना निर्वाचित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल,बागलुंग मंसिर १८ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाउँपालिकाको दोश्रो स्थानिय अधिवेशन ग्वालीचौर खार बजारमा सम्पन्न भएको छ । भेलाले ढालमणि भण्डारीको अध्यक्षतामा २४ सदस्यिय नयाँ कार्यसमितिको चयन गरेको छ । जसको उपाध्यक्षमा पूर्णपति कंडेल र तुल्सी बुढा, सचिवमा यज्ञदत्त घिमिरे, सहसचिवमा होम बहादुर घर्ति, कोषाध्यक्षमा झमु शेरबुजा, सहकोषाध्यक्षमा माया कुमारी श्रीस रहनुभएको छ। त्यस्तै सदस्यमा बुद्ध बहादुर थापा, मिनु घर्ति, भुपाल हितान, कुल बहादुर दगामी, आत्माराम घिमिरे, ज्ञान कुमारी केसि, तिलकराज शर्मा, राजेन्द्र श्रीस, प्रेम वि.क., रविन्द्र बुढा, पुर्णमाया पाइजा, मिना गिरि, रिता थापा, शान्ति काउचा, जित बहादुर कुवँर, किरण घिमिरे र जङ्ग बहादुर बलामी रहनुभएको छ । त्यस्तै शमसेर प्रताप सिंह को संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समितिको पनि गठन गरेको छ जसको सदस्यमा जिवन कुमारी कुवँर र झविलाल घिमिरे रहनुभएको छ ।त्यस्तै प्रदेश प्रतिनिधिको रुपमा निवर्तमान अध्यक्ष वेद प्रसाद पोखरेल सहित खिमानन्द आचार्य र सरस्वती शर्मा आचार्यलाई चयन गरेको छ। अधिवेशनको बन्द सत्रले अध्यक्ष बेद प्रसाद पोखरेलले प्रस्तुत गरेको सांगठनिक तथा भावि कार्यक्रम सहितको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दिपक गिरिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । बन्द सत्रमा नवनिर्वाचित अध्यक्ष ढालमणि भण्डारीले प्रतिवद्धता मन्तव्य, निर्वाचन समितिका सदस्य तिर्थमणि भुसालले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो।सो बन्दसत्र निर्वाचन समितिका संयोजक कृष्ण भट्टराईको अध्यक्षता तथा निर्वाचन समिति सदस्य कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend