साझा नेटवर्क
कमल पौडेल,बागलुङ मंसिर १८ ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले सामाजिक विभेद र लैंगिक हिंसा अन्त्य गर्न सचेतनाको अग्रपंक्तिमा शिक्षक रहको भन्दै सामाजिक रुपान्तरणको नेतृत्व शिक्षकबाटै हुने बताउनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाउँपालिकाको दोश्रो स्थानिय अधिवेशनको उद्घाटन गर्दै भुसालले सो कुरा बताउनु भएको छ ।
नेकपा एमाले बागलुङको सचिव समेत रहनुभएका भुसालले समाजको सचेत वर्ग शिक्षक भएको र सचेत वर्ग राजनीतिबाट टाढा रहन नसक्ने बताउनु भयो। वर्तमानमा शिक्षकहरु आफुलाइ अब्बल सावित गर्न प्रविधिको प्रयोग संगै हुँदा खानेका छोराछोरीलाई अब्बल शिक्षा दिन कटिवद्ध हुनुपर्ने औंल्याउनु भएको छ। मुलुक राजनैतिक क्रान्ति पुरा गरि आर्थिक सम्बृद्धिको वाटोमा अगाडि बढेको र सुखि नेपाली समृद्ध नेपालको नारा सार्थक बनाउन आर्थीक रुपान्तरणको लागि पनि शिक्षकहरुकै सहयोग चाहिने भुसालले दावि गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, नेकपा एमाले गण्डकी प्रदेशका सदस्य प्रेम खरेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव कृष्ण भट्टराई, नेकपा एमाले बडिगाडका अध्यक्ष कमलराज आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन मुसिकोटका अध्यक्ष दधिराम शर्मा, नेपाल शिक्षक संघ बडिगाडका सचिव कमल खरेल, एकिकृत अखिल नेपाल शिक्षक संगठन बडिगाडका अध्यक्ष डुल बहादुर कुवँर, अखिल नेपाल शिक्षक संघ बडिगाडका अध्यक्ष शिवलाल बन, त्रिभुवन नमुना माध्यमिक विद्यालय खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बडिगाड गाउँपालिका भित्रका नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो । खुल्ला सत्र अध्यक्ष बेद प्रसाद पोखरेलको अध्यक्षता, उपाध्यक्ष सरस्वती शर्मा आचार्यको स्वागत मन्तव्य तथा सचिव यज्ञदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनले जिल्लाको ९ वटा स्थानिय तहमा सनिवार एकै साथ अधिवेशन सम्पन्न गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend