logo
  • शुक्रबार, असोज ९ २०८३

शकंर पाेखरेल दाङकाे विकास विराेधी हुन : मेटमणि


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,दाङ मंसिर १७ ।

प्रतिनिधि सभा सदस्य मेटमणि चाैधरीले शकंर पाेखरेल दाङको विकास विराेधी भएको वताएका छन । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दाङकाे जिल्ला भेलालाई सम्वाेधन गर्दै उनले शकंर पाेखरेल दाङको विकास विराेधि भएकाे दावी गरेका छन । जनताले शकंर पाेखरेललाई दाङ जिल्लावाट धेरै पटक जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर पछिल्लो समय लुम्बिनी प्रदेशको मुख्यमन्त्री वनाउदा समेत दाङकाे विकासक्रमले गति लिन नसकेको आराेप लगाउदै उनले शकंर पाेखरेलकै कारण दाङकाे विकास हुन नसकेको वताए । मैले आज दाङका विभिन्न याेजनाहरुकाे वारेमा चासाे राखेर अनुगमन गरे उनले भने`सवै याेजनाहरु समयमै सम्पन्न हुन नसक्नुमा शकंर पाेखरेलकाे हात रहेछ ।´ समयमै काम नगर्ने निर्माण व्यवसायीलाई पाेखरेलले काखी च्यापेकाे तथ्य समेत फेला पारेकाे छु जसकाे उदाहरण घाेराइ तुल्सीपुर सडककाे जिम्मा पाएका तुल्सीपुर नगरपालिका मेयर घनश्याम पाण्डेका छाेरालाई उनै शकंरले काखी च्यापेका रहेछन । विकास विराेधी शकंर पाेखरेललाई जनताले आगामी निर्वाचनमा देखाईदिने वताए ।

उनले दाङको विकास विराेधी शकंर पाेखरेललाई दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफुसगँ निर्वाचन लड्न चेतावनी दिए । चुनावी एकता हुदा हिजाेपनि आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रवाट चुनाव हार्ने पक्का भएकोले अर्को निर्वाचन क्षेत्रवाट निर्वाचन लडेकाे स्मरण गराउदै नेता चाैधरीले अब दाङवाट शकंरले आफ्नो जमानत समेत जाेगाउन सक्दैनन् । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चाैधरीले तिन महिनामा तिनलाख जनताहरु पार्टीमा प्रवेश गरेकाे वताए । यात्रा समृद्धिकाे लक्ष्य समाजवादकाे मुल नारा लिएकाे पार्टीको जिल्ला भेला तुल्सीपुर उद्योग वाणिज्य सघंकाे सभाहलमा सम्पन्न भएकाे हाे ।

भेलालाई पार्टीका केन्द्रीय उपमहासचिव डाक्टर विजय पाैडेल,सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत विश्वासि,केन्द्रीय सदस्य जाेगवहादुर राना,हिराचन्द्र केसी,अनारकलि मिया लगायतका करिब १ दर्जन नेताहरुले सम्वाेधन गरेकाे सचिव मिना गुरुङले जानकारी दिएकी छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend