साझा नेटवर्क
-देवसिंह सेन ठकुरी ।
देशभर यतिबेला मुख्यत तीन पार्टीका सभा सम्मेलन र अधिवेशन चलिरहेका छन् । काग्रेसले वडा पालिका र जिल्ला अधिवेशन गरिरहदा नेकपा एमालेले दशाैँ राष्ट्रिय सम्मलेन चितवनमा भव्यताकासाथ लाखौं जनताका साथ शुभारम्भ गरिरहेकाे बताएको छ । ठिक यहिबेला माओवादी केन्द्र मङ्सिर ४ गते वडा सम्मेलन सकेर ११ गते पालिका सम्मेलनमा व्यस्त छ । आगामी मङ्सिर २५ गते उसले प्रदेश सम्मेलन गर्ने र पाैष १२ ,१४ सम्म राष्ट्रिय सम्मेलन सञ्चालन गर्दै छ ।
२०६४ सालमा पहिलाे शक्ति बनेकाे माओवादी माेहन बैध किरणले पार्टी फुटालेर सम्बन्ध ताेडेपछि जनतामा माओवादी प्रतिकाे क्रेज विस्तारै ओरालाे लाग्याे । यसका कारण धैरै हाेलान हिजाे माअाेवादीमा रहेर सँगै काम गरेका प्रचण्डका गुरु मानिने माेहन बैध ( किरण) अर्का नेता सिपि गजुरेल, क्रान्तिकारी माअाेवादीमा सक्रिय छन् । नेत्रविक्रम चन्द विप्लव नेकपाका महासचिव छन् अाहुति, गाेपाल किराँती पनि अाफ्नै रंगशालामा खेल खेल्दै छन् । लाेकेन्द बिष्ट मगर कृषि फम खाेलेर गृहस्थ जीवन सम्हालन पुगे ।उनलाई खै के काे झाेक चल्याे? …… एउटा पार्टी छ टुक्रा हुँदा जनमत विभाजितमात्रै छैन कि जनतामा नैराश्यता बदढाे छ । मानिस छ तिर फर्केका छन् ।जनताको अाशा भराेशामा चाेट लागेकाे छ ।कसलाई सच्चा माअाेवादी ठान्ने अन्याेलतामा कुनै कमि छैन् । सबैले अाफू सच्चा क्रान्तिकारी बताउँछन् तर जनतामा ठूलाे अविश्वासको खाडल पैदा भएकाे छ ।
……. हालैका केही कार्यक्रममा सहभागीलाई हेर्ने हाे भने माअाेवादी भरखर मस्त निद्राबाट व्यूझिएकाे जस्ताे लाग्छ ।कैयाैसम्म गुम्सिएका मनहरूमा एक प्रकारकाे सितलताका रापले माेहनी लगाउदै छ । अाखिर के माअाेवादी फेरि एकपटक जुरूक्क जुरमुराउला ? वा उसकाे यात्रा कठिन हाेला अाम प्रश्नचिह्न खडा भएकाे छ ।देशैभरि सभा सम्मेलन गरेर जनतामा एक प्रकारकाे सन्देश दिन थालेपनि यतिले मात्रै माअाेवादी अगाडि अाउन कठिन छ । हाल सरकारमा उसकाे राम्राे पकड भएकाले उसले जनताकाे मन जित्ने माैका यहि हाे याे उसले गर्छ कि गर्दैन त्याे जनताले हेर्न र भाेग्न बाकी नै छ ।
हजारौं घाइते र अपांग सहिद परिवार र जनमुक्ति सेनाका परिवार के गर्दै हाेलान माअाेवादीले खासै ध्यान पुराउन सकेन किन ? हिजाे रगत बगाउनेहरू हिजाे मृत्युसँग रगत सात्नेहरूका अात्मले पक्कै धिक्कारला । भूपि शेरचनकाे कविताकाे पंक्तिलाई बारम्बार सम्झन्छु ।के सहिदका रगतले धिक्काला ? नेता र नेतृत्वको हाेडवाजी किन ? सबैलाई अध्यक्ष चाहिने अाफूमात्र क्रान्तिकारी अरू दक्षिणपन्थी देख्ने दृष्टदाेष नहटदासम्म माअाेवादीकाे अागामी यात्रा कठिन हुने देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend