साझा नेटवर्क
ज्ञानेश्वर उपाध्याय,मर्चवार मंसिर १२ ।
बिश्व शान्तिको केन्द्र तथा सिद्धार्थ गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा छिमेकी मुलुक भारतका हरित अभियन्ता तथा लुम्बिनी क्षेत्रका हरित अभियन्ताहरुको सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । हिजो लुम्बिनी मन्दिर परिसर भित्र विभिन्न ठाउबाट ल्याइएका पिपल निम तुलसीको बृक्षारोपण गरि आज वहाहरुको सम्मान गरि सम्पन्न भएको हो ।
आक्सिजनको खाजाना मानिने पिपलले पुरै बिश्वलाई बढीमात्रामा आक्सिजन प्रदान गर्ने साथै निम र तुलसीमा पनि विभिन्न किसिमको औषधिजन्य गुण रहेकोले यसलाई लुम्बिनीमा दुई दिने कार्यक्रमको आयोजन गरि आज सम्मान गरिएको हो । सो कार्यक्रमको प्रमुख अतिथीमा लुम्बिनी प्रदेशको आर्थिक ममिला तथा सहकारी बिकास मन्त्री शुस्मा यादव तथा विशिष्ट अतिथीमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी ,वन तथा वातावरण मन्त्रालयका सचिव पशुपतिनाथ कोइराला,सौरभ पान्डे,दामोडर शर्मा र जेपी वर्मा बिहार भारत तथा अतिथीमा जगन्नाथ कुर्मी ,बिनय श्रीवास्तब ,सुरेश शर्मा बिष्णु आचार्य लगायत भारत र नेपाल गरि लगभग १०० जना पर्यावरण सहभागी रहेका थिए ।
उक्त कार्यक्रममा लुम्बिनी क्षेत्रका कृयाशिल सामाजिक अभियन्ता तथा पर्यावरण योद्धाहरु उमेश यादब , बिनय कुमार यादव , मान्ती कुर्मी , माया बढइ ,जगदीश्वर उपाध्याय, भोला गुप्ता,सुनिता हरिजन,चन्द्रप्रकाश पाठक , ओमकार पान्डे लगायत अन्य उपस्थित भारत र नेपाल गरि करिब ७०/८० जना पर्यावरण योद्धाहरुको सम्मान गरिएको हो ।
कार्यक्रमको अन्तमा योद्धाहरुलाई मायाको चिनो स्वरुप रुद्राक्षको बिरुवा दिइएको सो कार्यक्रम पिपल,निम,तुलसी अभियान भारत,ग्रीन युथ अफ लुम्बिनी तथा कमला जलाधार संरक्षण अभियान जनकपुरधामको संयुक्त आयोजनमा सम्पन्न हुने भएको हो । उक्त कार्यक्रमको संचालन ज्ञानेश्वर उपाध्यायलाई समेत पुरस्कृत गरिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend