logo
  • आइतबार, असोज ११ २०८३

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन: मतदान गर्न देउवा पक्षकाे माग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पाेखरेल, गुल्मी मंसिर १२।
काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन:मतदान गर्न देउवा पक्षले माग गरेको छ । आइतबार बिहान पत्रकार सम्मेलन गर्दै देउवा पक्षका जिल्ला सभापतिका उम्मेदवार बेद बहादुर थापा मगरले जिल्लाभरकै निर्वाचन प्रक्रिया स्थगित गरि पुन:मतदान गर्न माग गरेको हाे ।
शनिबारदेखि सुरू भएको मतदान प्रक्रियामा सभापतिका अर्का उम्मेदवार खिलध्वज पन्थीले छापामार शैलिमा अधिवेशन गरेको थापाकाे आराेप छ ।

पन्थी रामचन्द्र पाैडेल पक्षका उम्मेदवार हुन भने थापा शेरबहादुर देउवा पक्षका हुन् । स्थगित गरिएको निर्वाचन प्रक्रिया जबरजस्ती अगाडि बढाउन खाेजे अाहरूले अवरुद्ध गर्ने समेत उनले चेतावनी दिए ।

निर्वाचन प्रक्रियामा कम्तीमा तीन दिनअघि मतदातालाई जानकारी हुनुपर्ने भएपनि त्यसकाे ठिक विपरित पन्थीले मतपत्रमा संकेत गरेकाे थापाकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend