logo
  • शुक्रबार, असोज ९ २०८३

पार्टी भित्र हुने निर्वाचनले ठूलो द्धन्द जन्माउछ : डा. भण्डारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी मंसिर ११ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले पार्टी भित्र हुने वार्डदेखि केन्द्रसम्मको निर्वाचनले ठूलो द्धन्द जन्माउने बताएका छन् । शनिवार नेपाली कांग्रेस गुल्मीको आठौं अबिधेशनमा जिल्ला सभापति पदका लागि मतदान प्रक्रियामा सहभागिता जानउदै भण्डारी यसको व्यवस्थापनको निम्ति नयाँ अनुसन्धानको आबश्यकता रहेको बताए ।उनले पार्टी भित्र निर्वाचन सहित अरु प्रक्रिया पनि अबलम्बन गर्नुपर्नेमा जोड दिए । राजनितिक पजातान्त्रिक प्रणालीमा महत्वपूर्ण अंग निर्वाचनले भएको बताएका छन् । पार्टीको निर्वाचनमा उठ्ने पराजय भए कसैले हरायो भन्ने जिताए कसैले जितायो भन्ने परिपाटी पार्टी भित्र रहेको बताए । उनले पजातान्त्रिक मान्छेले पराजयलाई पनि स्वीकार गर्न सक्नु पर्ने र जीतलाई पनि स्वीकार गर्न सक्नुपर्नेमा जोड दिए । ठूलो दिल भएका मात्रै निर्वाचनमा सहभागि भएर अगाडी लैजानु पर्ने बताए । समस्त नेपालमा यसको अभाव रहेको बताए ।
नयाँ युवाहरुले २१ औं सताब्दीलाई कस्तो प्रक्रियाले अगाडी लैजाने भन्ने कुरा सोच्नु पर्ने जोड दिए । उनले गुल्मीबाट धेरै कुरा पाठ सिकेको बताए ।

धेरै उम्मेदवार बन्न राम्रो पक्ष रहेपनि एकआपसमा द्धन्दमा जान नहुने भण्डारीको भनाई छ । नेपाली कांग्रेस गुल्मी जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शुक्रवारबाट सुरु भएको आठौं जिल्ला अबिधेशनमा सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर बिच प्रतिस्पर्धा भएको हो । जिल्ला सदरमुकाम तम्घासमा शनिवार बिहानबाट मतदान प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend