logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा एमाले भन्ने पार्टी लोप हुन थाल्यो माओवादी नेता बराल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सन्तोष महतारा,गुल्मी मंसिर ११ ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य सुदर्शन बरालले नेकपा एमाले भन्ने पार्टी लोप हुन थालेको टिप्पणी गरेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिकाको दोस्रो नगर सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य समेत रहेको माओवादी नेता बरालले नेकपा एमालेको चितवनमा भएको अधिवेशनमा लोपन्मुख गैँडाले झण्डा उचाल्नुले एमाले पार्टी नै लोप हुन थालेको टिप्पणी गरेका हुन् ।साथै उनले नेकपा एमालेको अधिवेशन नारायणी नदिको किनारमा भएको भन्दै सिङ्गो पार्टी घाटमा पुगिसकेको बताए । कार्यक्रममा नेता बरालले माओवादीलाई सखाप पार्न विभिन्न शक्तिहरु लाग्दा समेत तिनिहरुलाई परास्त गर्न आफुहरु सफल बताएका थिए । ुनेपालका काङ्ग्रेस, एमाले र राजा मात्र नभई बिदेशी शक्ति पनि माओवादी पार्टी सखाप पार्न लागेको थियो ।ु नेता बरालले भने, ूविदेशी शक्तिले जनयुद्धको कालदेखि अहिलेसम्म निरन्तर माओवादी सखाप पार्न चलखेल गरिरहेका छन् ।ू जनताको अपार साथले सारा शक्ति र संसार लाग्दा पनि माओवादी झनै बलियो बनेको उनले धारणा राखे ।

पछिल्लो समय नेता कार्यकर्ता माझ पुग्न नसकेको बिषयमा आफू जानकार भएको भन्दै बरालले कार्यकर्ताको घरघरमा पुग्नुमा कमजोरी र आफुहरु सुविधामुखी भएको सम्बन्धमा आफ्नो कमजोरी भएको बताएमा थिए । आफ्नो पार्टीले मुलुकको १८ घण्टे लोडसेडिङ्ग हटाएको र भारतमा बिजुली बेच्न सफल भएको समेत कार्यकर्ता माझ स्पष्ट पारेका थिए । नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाको खुल्ला शत्र सकिएको छ । अब बन्द शत्र मार्फत नेतृत्व चयन हुने छ । गुल्मीमा माओवादीका ६ हजार पार्टी सदस्य रहेकोका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend