logo
  • शुक्रबार, असोज ९ २०८३

निवर्तमान सभापति पाण्डेयकाे जिल्ला सह-सचिवमा उम्मेदवारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,गुल्मी मंसिर ११ ।

नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिकाका निबर्तमान सभापति छविलाल पाण्डेयले काङ्ग्रेस गुल्मीको सह-सचिव पदमा उम्मेदवारी दिएका छन् । रेसुङ्गा नगरपालिका -०९ निवासी पाण्डेले शनिबार हुने काङ्ग्रेसकाे मतदानका लागि जिल्ला सह-सचिव पदमा उम्मेदवारी दिएका हुन् । उपल्लो तम्घास माध्यमिक विध्यालयमा पढ्दा नै नेपाल विध्यार्थी संघमा आवद्ध पाण्डे ०४९ सालमा महेन्द्र माविमा नेविसंघकाे इकाइ सदस्य भएका थिए ।

०५३ सालमा रेसुङ्गा बहुमुखी क्याम्पसकाे स्ववियु सदस्यमा विजयी भएका पाण्डे ०५४ मा नेविसंघ तम्घास गाउँसमितिकाे सदस्य भए । त्यस्तै ०६२/६३ मा नेविसंघकै जिल्ला सदस्य र त्यसपछि नेपाल तरूण दलकाे गुल्मीको सचिव भएका थिए । त्यसपछि पार्टीको तम्घास गाउँ समितिकाे सचिव भएका पाण्डे ०७२ मा काङ्ग्रेसकाे नगर सभापति भएका थिए । अहिले चलिरहेकाे काङ्ग्रेसकाे १४ अाैँ महाधिवेशनअन्तरगत सर्वसम्मतिले नेतृत्व हस्तान्तरण गर्दै उनी जिल्लाकाे सह-सचिवका आकांक्षी बनेका हुन् । आफू पूर्णकालिन रूपमा पार्टी, संगठन र आम गुल्मेली नागरिकहरूकाे हक-हितकाे लागि लागिपरेको भन्दै उनले शनिबार हुने निर्वाचनमा सबै मतदाताहरूबाट सहयाेगकाे अपेक्षा गरेकाे बताए । सह-सचिव भइसकेपछि प्रत्येक टाेल-बस्तीसम्म एक घर-एक काङ्ग्रेसकाे सदस्य बनाउने अभियान सुरू गर्ने, अहिले समेटिन नसकेका दलित, अल्पसंख्यक एवम् विपन्न नागरिकहरूकाे आर्थिक उन्नति एवम् मुक्तिकाे लागि लागिपर्ने उनले बताए ।

आफू नगरसभापति हुँदा अन्यायका बिरूद्व, सरकारी कार्यालयमा हुने अनियमितता एवम् ढिलासुस्तीका बिरूद्व शशक्त रूपमा आवाज उठाएकोले सबैकाे मन जितेर सह-सचिवमा विजयी हुने अपेक्षा गरेकाे पाण्डेकाे भनाई छ । अब अग्रजलाइ सम्मान र युवालाई प्राेत्साहन भन्ने नाराका साथ अाफुलाई सह-सचिव पदमा विजयी गराउन उनले सबै मतदातालाई अाग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend