साझा नेटवर्क
देवसिंह सेन,प्यूठान मंसिर १० ।
सूर्यवंशी सेन बन्धुहरूकाे वंशावली विमाेचन तथा अभिनन्दन कार्यक्रम गाैमुखी ३ मा हालै सम्पन्न भएकाे छ । लामाे खाेज अनुसन्धानबाट तयार पारिएको वंशावली विमाेचन तथा अभिनन्दन कार्यक्रममा विभिन्न ठाउँबाट सेनबन्धुहरूकाे तथा अन्य अतिथिहरूकाे उल्लेखनीय उपस्थित थियाे ।
कार्यक्रममा ७० बर्ष नाघेका १० जना अग्रजलाई अभिनन्दन गरिएकाे छ । राजेन्द्र सेन ठकुरीकाे सञ्चालन तथा शालिकराम सेन ठकुरीकाे अध्यक्ष्ातामा सम्पन्न उक्त कार्यक्रममा वंशावली एकता समितका उपाध्यक्ष कुल बहादुर सेन,खाेज अनुसन्धानका सचिव देवसिहं सेन ठकुरी (देवजल) सदस्य कृण्ण सेन ठकुरी,रामबहादुर सेन ठकुरी ,ज्ञानबहादुर मल्ल ठकुरी र पार्वता मल्ल लगायतले अाफ्नाे मन्तव्य राख्नु भएकाे थियाे ।
अागामी फागुनमा दाङ जिल्लामा भेला गर्ने निर्णय गरि कार्यक्रम समापन गरिएको छ । यस वर्ष सेन बन्धुहरूकाे कुल पूजा पनि सम्पन्न भएकाे छ । वंशावली खाेज अनुसन्धानमा अाअाफ्नाे क्षेत्रबाट साथ र समर्थन दिनुहुने सबै बन्धुहरूमा भेलाले हार्दिक अाभार व्यक्त गरेकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend