logo
  • आइतबार, असोज ११ २०८३

२४सै घण्टा निर्माणको काम गरिदै गुल्मी अस्पतालको अत्याधुनिक भवन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री
९ मंसिर, गुल्मी ।

गुल्मी जिल्ला अस्पतालको अत्याधुनिक भवन निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ । गुल्मी अस्पताल स्थापना भएको लामो समयदेखि जीर्ण र साँघुरो भवनबाट सेवा प्रवाह गर्न बाध्य रहेको थियो ।भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणले तिब्रता पाएपछि खुसी छाएको छ । गुल्मी अस्पतालमा रहेका भवनहरु साना र सेवाग्रही मैत्री नहुँदा समस्या हुँदै आएको थियो ।

अब गुल्मी अस्पतालको सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण कामको तिब्र गतिमा अगाडी बढेको छ । २०७८ साल असार १८ गते सम्झौता भइ काम सुरु भएको भवनको २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्ने गरि काम अगाडी बढेको छ ।


जिल्ला अस्पतालको भौतिक संरचना निमार्णका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना कार्यान्वयन इकाइ भवनबाट रकम विनियोजन गरेको छ । अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे.भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा निर्माणको काम अगाडी बढेको हो ।गत साउन १५ गतेबाट निर्माणको काम सुरु भएको भवनको मंसिरको पहिलो सातासम्म १२ प्रतिशत काम भएको निर्माण कम्पनीका साहयक इन्जीनियर निरञ्जन ठाकुरले बताए । यहि गतिमा काम गर्दै गए अबको डेढवर्ष भित्र काम सम्पन्न हुने उनले बताए ।


भवन निर्माणको लागि दिन रात गरेर २४ सै घण्टा काम भइरहेको छ । अहिले फाउण्डेशन निर्माणको काम भइरहेको छ ।गुल्मी अस्पताल तम्घास ०७१ सालमा ५० शैय्यामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको थिएन । पाँच तले नयाँ भवनमा दुई वटा अप्रेशन कक्ष हुनेछन् ।

भने आईसीयु, सर्जिकल, जेष्ठ नागरिक कक्ष, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । संरचन निर्माण भएपछि सम्बन्धी विशेषज्ञ पनि परिपूर्ति हुनसके जिल्लावासीको निम्ति ठूलो खुसीको कुरा रहेको डाक्टर पाच्याको भनाई छ ।अहिले आवश्यक संरचना नहुदा चाहेर पनि बिरामी भर्ना गर्न कठिनाइ हुने गरेको उनले बताए । अहिले पनि गुल्मी अस्पतालबाट ठाउँकै कारण सेवामा कुनै कमी नभएको डाक्टर पाच्यको भनाई छ ।

नयाँ भवन बनेपछि प्रसुती, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुनेछन् । नयाँ भवन निर्माणसँगै गुल्मीमै थप सेवा विस्तार हुनेभएकाले गुल्मीवासीको लागि खुसीको कुरा रहेको स्थानीय घनश्याम पाण्डेले बताए ।भवन निर्माणसँगै जिल्लाले स्वास्थ्यको क्षेत्रमा धेरै फडको माने उनले बताए । भवन छिटो निर्माण भए गुल्मीबाट उपचारको लागि अनेत्र जानुपर्ने बाध्यता धेरै कम हुने पाण्डेले बताए ।

अहिले गुल्मीमा स्तरीय स्वास्थ्य सेवाको अभावमा स्थानीयहरु पाल्पा र बुटवल, काठमाडौं धाउनुपर्ने बाध्यता छ । अस्पतालको नयाँ संरचना निर्माणसँगै उपचारकै लागि पाल्पा, वुटवल र काठमाडौं जानुपर्ने अत्य हुनेछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend