सुबास बस्नेत, नयाँ दिल्ली ।
नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रवासी नेपाली संघ भारत बाट प्रतिनिधि चयन भएका छन्। १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट चौध जना प्रतिनिधि छानिएका हुन्।
जसमा खुलातर्फ प्रवासी नेपाली संघ भारतका केन्द्रिय सल्लाहकार प्रमुख हरि घिमिरे, अध्यक्ष लोकनाथ भण्डारी र महासचिव टीका पौडेल छन्। त्यस्तै, महिलातर्फ संघका उपाध्यक्ष सीता अधिकारी र सचीव बालुका बेल्बासे चयन भएका छन्।
केन्द्र बाट पाँच जना र प्रत्येक ९ राज्य बाट एक-एक जना गरि जमा १४ जना प्रतिनिधि सहभागी हुने भएकाछ्न । राज्यका प्रतिनिधिहरु क्रमश: रामचन्द्र भण्डारी- कर्नाटक केरल, नारायण होमागाई – बंगाल बिहार, रवी घिमिरे – हरियाणा, दुर्गा पौडेल – तमिलनाडु पन्डेचरी, गिरिराज बेल्बसे – महाराष्ट्र गुजरात, बुद्धिराम कुम्भकर- उत्तरप्रदेश, छवि भट्टराई- पन्जाव हिमान्चल, होमनाथ दाहाल – दिल्ली र कृष्ण पाण्डे – मध्यप्रदेश रहेका छ्न ।
“पार्टीले केन्द्र बाट मात्रै ५ जना प्रतिनिधि अनुमोदन गरेको थियोे । प्रवासी नेपाली संघ भारत कार्यरत प्रत्येक राज्य बाट एक एक जना प्रतिनिधि अनिवार्य सहभागी गराउनु पर्छ भन्ने हाम्रो माग सहित पत्र जारी गरेयौं । संघको लामो संघर्श र बहस पछि मात्रै पार्टीले राज्यका ९ प्रतिनिधिहरुको नाम अनुमोदन गरेको हो।” संघका महासचिव टीका पौडेलले बताए ।
उनले थप्दै भने “संघले सिफारिस गरेका चार प्रतिनिधिहरु मोहन थापा – उपाध्यक्ष, डम्बर रावल- पुर्व महासचिव, रामायण धमला- सचीव र रणवीर कौसल – सचिवालय सदस्यहरुको नाम अझै बिचाराधिन छ, संघका सल्लाहकार प्रमुख र अध्यक्ष द्वय पार्टी अध्यक्ष संग अन्तिम चरण सम्म पनि छलफल मै हुनुहुन्छ।”
प्रवासी नेपाली संघ भारत नेकपा (एमाले)को जनवर्गीय संगठन हो । नवौं राष्ट्रिय महाधिवेशन पुर्व एमालेले भारत प्रवासमा पार्टी कमिटी समेत संचालन गर्दै आएको थियो । नवौं राष्ट्रिय महाधिवेशनमा ४० भन्दा बढी प्रतिनिधि सहभागी गराएको एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा किन ५ जना प्रतिनिधिहरु मात्रै माग्यो त ? लामो संघर्श र बहस पछि पनि मात्रै ९ जना प्रतिनिधिहरु अनुमोदन गरेयो र जम्मा १४ जना प्रतिनिधि सहभागी गराउने भयो ।
स्थापना कालदेखि नै संघले पार्टी प्रति गरेको योगदान र पछिल्लो कठिन परिस्तिथीमा पनि संघले दिएको साथलाई के पार्टीले बिर्सिएको त होईन भन्ने गुनासो संघ नेताहरुले गरिरहेका छ्न । महाधिवेशनमा प्रतिनिधि संख्या घटाउनु र महाधिवेशन पछि संघको हैसियत र क्षेत्र के होला भन्ने यतिखेर अझै चासोको विषय बनेको छ ।