logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा २२२९ जनामा एचआईभी परिक्षण गर्दा पोजेटिभको संख्या शुन्य


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सन्तोष महतारा, गुल्मी मंसिर ०६।
गुल्मीमा २ हजार २ सय २९ जनामा एचआईभी परिक्षण गरिएकोमा पोजेटिभको संख्या शुन्य रहेको छ। सन् २०२१ को अहिलेसम्म राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) तम्घास गुल्मीले जिल्लाका ७ स्थानीय तहमा गरेको परिक्षणमा पोजेटिभको संख्या शुन्य रहेको हो ।
संस्थाले आइतबार जिल्लास्थित सरोकारवालाहरुसँग समन्वय तथा समिक्षा कार्यक्रम गरेर सोही बिषयमा जानकारी दिएको थियो । समन्वय तथा समिक्षाका लागि जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा संस्थाको समन्वयमा सरोकारहरुसँग छलफल गरिएको संस्थाका उपाध्यक्ष गुणानिधी शर्माले जानकारी दिए ।

सन् २००९ बाट स्वास्थ्य क्षेत्रतर्फ एचआईभी र क्षयरोग (टिबी) रोगको रोकथामका लागि ग्लोबल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगले ग्रामीण क्षेत्रमा पुगेर काम गरिरहेको संस्थाले सन् २०२१ को अहिलेसम्म गरेको कामको सम्बन्धमा जानकारी गराएको थियो । संस्थाको नीति अनुसार ग्रामीण भेगमा पुगेर मात्र लक्ष्य अनुसार काम गर्न सकिने भएकोले यसवर्ष कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारणले केही समय कार्यक्रम ठप्प भएकोले लक्ष्य अनुसार काम गर्न नसकिएको कार्यक्रम संयोजक ढाल बहादुर पछाईले जानकारी दिए ।

सन् २०२१ को अहिलेसम्म संस्थाले समूहगत र ब्याक्तिगत रुपमा ४ हजार ३ सय ३२ जनालाई भेटेको छ । जिल्लाका ७ वटा स्थानीय तहमा संस्थाले काम गरिरहेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, इस्मा गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिकामा र सत्यवती गाउँपालिकासहित कूल ७ स्थानीय तहमा ७ जना फिल्ड कार्यकर्ताले काम गरिरहेका छन् । संस्थाले यो वर्षको अहिलेसम्म ७ पालिकाका २ हजार २ सय २९ जनामा एचआईभी परिक्षण गरेका मध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला रहेको कार्यक्रम संयोजक पछाईले जानकारी दिए । रोजगारीको लागि भारत गएका र तिनिहरुको दम्पतीलाई लक्षित गरेर यो कार्यक्रम संचालन भएको समेत पछाईले जानकारी दिए ।

संस्थाले जिल्लामा क्षयरोग (टिबी) को पनि सँगसँगै कार्यक्रम अगाडी बढाएको छ । सन् २०२१ को अहिलेसम्म ४ हजार ३ सय ३२ जनालाई भेटेर लक्षणहरुको बारेमा अध्ययन गरेर संकास्पदलाई अस्पताल रेफर गरिएको छ । कार्यक्रममा सरोकारवाहरुले जिज्ञासा राख्नुका साथै सुझावहरु समेत दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले चाडपर्वको समयमा प्रवासी नेपालीलाई घरमा भेट्न सकिने भएकोले सोही समयलाई मौकाको रुपमा लिन आग्रह गरेका थिए । जूनसुकै कार्यक्रम पनि पछाडी परेको वर्गबाट गर्न सुरु गरेर उनीहरुलाई लाभदायी बनाउन पनि उनले आग्रह गरे ।

साथै प्रमुख जिल्ला अधिकारी पौडेलले जीबनसँग जोडिएको रोग रोकथामको कार्यक्रम भएकोले संस्थालाई सबैको सहयोग मिल्ने हुनाले प्रभावकारी ढङ्गले कार्यक्रम अगाडी बढाउन निर्देशन दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराई, जिल्ला समन्वय अधिकारी बिजय कुमार कार्की, गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्या, रेसुङ्गा नगरपालिकाका सामाजिक विकास समिति संयोजक थम्मन बहादुर केसी, उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष राम प्रसाद पन्थी।

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतका सरोकारवालाको उपस्थिती रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख जनस्वास्थ्य अधिकृत पशुपती आचार्यको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) का लेखा अधिकृत पुनाराम घिमिरेले गरेका थिए । संस्थाले गुल्मी र पाल्पा गरि दुई जिल्लामा एचआईभी र क्षयरोग (टिबी) रोगको रोकथामका लागि कार्यक्रम गरिरहेको संस्थाका कार्यकारी निर्देशक रेशम कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend