logo
  • शुक्रबार, साउन ८ २०८३

युवा संघ नेपाल गुल्मीको अधिवेशन गाउँ-गाउँमा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

टोपलाल अर्याल,गुल्मी मंसिर ५ ।

नेकपा एमालेले पालिकाहरुमा धमाधम युवा संघ नेपाल गुल्मीको अधिवेशन सुरु गरिरहेको छ । इस्मा गाउँपालिकामा द्रोण प्रसाद रिजालको अध्यक्षतामा ७१ सदस्य रहेको युवा संघ नेपाल इस्मा गाउँकमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा केशव घर्ति र दिपक गौतम, सचिवमा रोशन थापा, सहसचिवमा भोजेन्द्र बोहोरा र द्रोर्ण बोहोरा तथा कोषाध्यक्षमा अनिल सुनार रहेका छन् ।

त्यस्तै जित बहादुर कुवंरको अध्यक्षतामा ५१ सदस्य रहेको युवा संघ मदाने गाउँकमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा गोकर्ण परियार, सचिवमा नविन घर्ति लगायत छन् । युवा संघ सत्यवति गाउँकमिटीको अध्यक्षमा डिल्लीराज भण्डारीसहित ५१ सदस्य कमिटी निर्माण गरिएको छ । धुर्कोटमा राक कुमार बिष्टको अध्यक्षतामा ५१ सदस्य युवा संघ गठन भएको छ ।

त्यस्तै पदम श्रेष्ठको अध्यक्षतामा ५५ सदस्य रहेको युवा संघ रुरु क्षेत्र गाउँकमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सुरज राना, सुन्दर भण्डारी र सुमन ज्ञवाली, सचिवमा कमल विक, सहसचिवमा प्रकाश ज्ञवाली, मधु पछाई, गिर बहादुर दलार्मी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend