logo
  • शनिबार, भाद्र २० २०८३

कतारलाई ३ वटै खेलमा पराजित नेपाली महिला क्रिकेटलाई एतिहासिक सफलता


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिपजंग शाह , दोहा।
नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्टिय अन्तर्राष्ट्रिय क्रिकेट ऐतिहासिक सफलता हात पारेको छ ।
गत मंगलबार अर्थात नोभम्बर १६ देखि शुरु भई लगातार तिन दिन सम्म भएको तिनवटै खेलमा कतारलाई पराजति गर्दै नेपाली क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृङखला आफ्नो पक्षमा पार्दै ऐतिहासिक सफलता हात पारेको हो ।

क़तार स्थित एसियान टाउन अन्तर्राष्ट्रीय क्रिकेट स्टडियममा सम्पन्न खेल दुई देशीय मैत्री पूर्ण खेल हो। उक्त टोलीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक कार्यक्रम विच बधाई तथा सम्मान गरेको छ।

खेलको अन्तिम दिन गत गत विहिबार संघले कतार स्थित होट हायात रेजेन्सीमा संघका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको सभापतित्व एवं टिम व्यवस्थापक तथा क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)का बोर्ड सदस्य जयन्ती भट्टको विशिष्ठ आतित्थ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

गैरअवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् मध्यपूर्व संयोजक प्रवीण गुरुङ, प्रमुख प्रशिक्षक जगत टमाटा, क्रिकेट म्यानेजर विनोद दास, टिम क्याप्टेन रुविना क्षेत्री तथा पूर्व राष्ट्रिय खेलाडी राज मोहम्मदको विशेष आतित्थ्यता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि तथा टिम म्यानेजरले यो ऐतिहासिक सफलताले खेलाडीहरुलाई उच्च मनोबल बढेको र थप सफलताका लागि आफूले आवश्यक प्रशिक्षण तथा थप सेवा सुविधा व्यवस्थापनका लागि पहल गर्ने बताईन ।

टिम क्याप्टेन क्षेत्री तथा प्रमुख प्रशिक्षक टमाटाले निकै उत्साहित र प्रफूल्लीत मुद्रामा कार्यक्रमलाई सम्बोधन गर्दै कतारमा रहेका नेपालीहरुले मैदानमा उपस्थित भई हौसला दिने देखि प्रत्यक्ष अप्रत्यक्ष साथ समर्थन र सम्मान गरेको प्रति कृतज्ञता व्यक्त गरेका थिए । सम्बोधनका क्रममा क्याप्टेन र प्रशिक्षक द्धयले आफ्नो टिमलाई थप शसक्त र आक्रामक पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend