साझा नेटवर्क
दशै तिहार र छठ पर्वपछि नेपालीहरू आफ्नो काममा क्रमश फर्किने क्रममा छन । विदेशबाट छुट्टीमा घर आएका विदेश जाने सुरसारमा छन् भने नेपालमै केही काम गरिरहेका अाफ्नाे डयुटीमा फर्कने तयारीमा छन । बर्ष दिनका यी महत्त्वपूर्ण चाड सकेर काममा फर्केसङ्गै राजनीति दल पनि पार्टीको काममा फर्कन थालेका छन् । ….. नेपालका मुख्य तीन दल नेकपा एमाले नेपाली काग्रेस र नेकपा माअाेवादी पार्टीको अधिवेशन र सम्मेलनमार्फत अाफूलाई अब्बल देखाउन चाहान्छन् ।
एमालेकाे अधिवेशनपछि काग्रेसकाे महाधिवेशन र माअाेवादीकाे पनि राष्ट्रिय सम्मेलनकाे अायाेजना गरिएको छ । नाम जे सुकै भएपनि अाखिर पार्टीको संगठन मजबुत बनाउने र पार्टीको जीवनलाई जीवन्तता दिने मुख्य उद्वेश्य मान्न सकिन्छ । हालै माअाेवादीका अध्यक्ष प्रचण्ड चितवनबाट चुनाव लड्ने घाेषणा गरेसँगै राष्ट्रिय राजनीति तातेकाे छ ।अाफूले चितवन नछाेड्ने घाेषणा गरेसँगै एमालेकाे दशाै अधिवेशन चितवनमा गर्ने हल्लाले देशकाे राजनीति तातेकाे हाे ।चितवन काग्रेसकाे राम्रो प्रभाव भएको क्षेत्र मानिन्छ ।चितवन काग्रेसले अब माअाेवादी बाेक्न नसक्ने र रेणु र प्रचण्डलाई चितवनबाट हराउनु पर्ने अभिव्यक्तसँग प्रचण्ड अाफ्नाे चुनावी माहाेल बनाउन चितवन पुगेका छन् ।
चितवन एमालेकाे पनि राम्रो प्रभाव क्षेत्र मानिन्छ । हालै पूर्व प्रधानमन्त्री केपी शर्मा अाेलीले चितवनको ठाेरीमा राममन्दिरकाे उद्घाटन गरि रामकाे जन्मभूमि चितवन भएकाे घाेषणा गरेका छन् । जसले चितवनबासीकाे मन जित्ने सम्भावनालाई नकार्न सकिन्न । के पाँच दलिय गठबन्धन चुनावसम्म जाला?नेकपा एमाले एकातिर र अरू दल अर्काेतिर हुँदा नतिजा के हाेला?पाँच दलिय गठबन्धनमा के भागवण्डा मिल्ला?सत्ता स्वार्थका कारण चुनावसम्म मिले के पाँच दलकाे बहुमत अाउला ? यी प्रश्नले नेपालकाे राजनीति बजार राम्रैसँग तात्ने प्राय निश्चितै देखिन्छ । याे वर्ष चुनावी माहाेल राम्ररी तात्ने र गाउँ गाउँ अाएर जनताकै अाँगनमा अनेकौं झुटका पुलिन्दा बाँडी जनताको अाँखामा छाराे हाल्ने प्राय निश्चितै छ ।
जुन हिजाे उनीहरूले गरे त्यही अाज र भाेलि पनि डाेयाउनेबाहेक अर्काे कुनै विकल्प पनि देखिदैन् । अागामी माघमा राष्ट्रिय सभाकाे १८सिट पनि खाली हुँदैछ । प्रतिनिधि सभाका ४ र प्रदेश सभाका १८ सिटमा पनि केही समयपछि निर्वाचन हुँदैछ । के यी चुनावमा एमाले एक्लै चुनाव लड्ला?वा महन्थ ठाकुर एमालेतिर लाग्ला ? केपी शर्मा र एमालेलाई समर्थन गरेर सत्तामा पुगेर एक्काईस दिनपछि अदालतबाट बहिर्गमनमा परेका महन्थ अन्त्यत फुटकाे सिकार बनेकाे थियाे ।
एमाले र माअाेवादी गठबन्धन गरेर २०७४ काे चुनाव लडदा झण्डै दुईतिहाइकाे सेराेफेराेमा मत परिणाम अाफ्नाे पाेल्टपार्न सफल भएपनि सत्तास्वार्थ, पदलाेलुपत्ता अंहकारका कारण नेकपा कम्युिनष्ट फुटकाे सिकार बन्न पुग्याे । माथिका नेता मिल्दा तलका कार्यकर्ताले निसर्थ स्वीकार्नु पर्ने उनी छुट्टिए छुटि्नु पर्ने याे कहाँकाे न्याय ? के कार्यकर्ताको विचार हुँदैन र ?
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend