logo
  • शुक्रबार, असोज ९ २०८३

एमालेकाे १० औँ महाधिवेशनकाे लाेगाे सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं कार्तिक २७ ।

नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशनकाे लाेगाेमा गैँडाले पार्टीकाे झन्डा बाेकेकाे देख्न सकिन्छ ।शुक्रवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले त्याे लोगो सार्वजनिक गर्नुभएको हो । त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ई–सेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तीमा पनि एक सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने प्रणालीबारे जानकारी गराउनुभएको थियो ।

एमालेको दशाैँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा एक हजार नाै सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । त्यसका लागि भोलि शनिवार देशभर प्रतिनिधि चयन हुँदैछ ।

-उज्यालो अनलाइन

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend