logo
  • शुक्रबार, असोज ९ २०८३

रक्तिमकी जनवादी गायिका लक्ष्मी गुरुङको निधन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौँ ।

रक्तिम सांस्कृतिक अभियानकी जनवादी गायिका लक्ष्मी गुरुङको निधन भएको छ । श्वासप्रश्वास र निमोनियाद्वारा पीडित गुरुङको २०७८ कात्तिक २५ गते रुपन्देहीको भैरहवामा निधन भएको हो ।

घरमै अक्सिजन लगाएर उपचार भइरहेका बेला थप समस्या देखिएपछि केही दिन अगाडि उहाँलाई उपचारका लागि भारतको गोरखपुर लगिएको थियो । उपचार गरी फर्कंदा पुनः श्वासप्रश्वासको समस्या देखा परेपछि उहाँलाई भैरहवा मेडिकल कलेल अस्पताल पुर्याइएको थियो । त्यहाँ अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो । उहाँको आजै बुटवलस्थित गुरुङडाँडामा दाहसंस्कार गरिने भएको छ ।

गुरुङ रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्ला समितिकी सदस्य हुनुहुन्थ्यो । उहाँले “उत्तरबाट बादल आउँदा” लगायत रक्तिम सांस्कृतिक अभियानद्वारा प्रकशित थुप्रै गीतमा स्वर दिनुभएको थियो । उहाँको परिवारमा एक छोरा र बुहारी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend