logo
  • आइतबार, असोज ११ २०८३

पर्वत समाज कतारद्वारा पहिरोमा परिवार गुमाएका माधवलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सन्तोष क्षत्री, दोहा।
पहिरोले घर पुर्दा परिवारका ५ सदस्य गुमाएका पर्वत दुर्लुङ्गका राम प्रसाद शर्मा (माधव) लाई पर्वत समाज कतारले आर्थिक सहयोग गरेको छ ।
भदौ १७ गते परेको मुसलधारे पानीको कारण गएको पहिरोमा परि आमा, श्रीमति २ छोरी र १ छोरा गुमाउनु भएका शर्मालाई पर्वत समाज कतारद्वारा सतचालिस हजार ४ सय चालिस बुधबार हस्तान्तरण गरिएको हो ।
१५ बर्ष देखी कतारलाई कर्मथलो बनाउनुभएका शर्मालाई परेको पिडामा थोरै भए पनि सहयोग पुगोस भनी संस्थाले आर्थिक संकलन गरी हस्तान्तरण गरेको संस्थाक सह-कोषाध्यक्ष एवं सहयोग अभियानका संयोजक सुवास जिसिले बताउनुभयो । कार्यक्रममा पर्वत समाज कतारका पुर्व अध्यक्ष चिन्तामणि पौडेल, पुर्व उपाध्यक्ष धन सुनार खाती, कोषाध्यक्ष महेन्द्र कुमार चालिसे, आर्थिक संयोजक भिमकान्त शर्मा, निवर्तमान सह-कोषाध्यक्ष सोम केसी, कार्यसमिति सदस्य चित्र बहादुर क्षत्री लगाएतको उपस्थिति रहेको थियो ।

`निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत´ भन्ने मुल नारा सहित सन् २००३ मा पर्वत समाज कतार स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend