साझा नेटवर्क
अनिल खत्री, गुल्मी कार्तिक २३।
गुल्मीमा मोटरसाइकल ठक्करबाट घाइते २ जना मध्ये एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर– ८ किसानटारीमा मोटरसाईकलको ठक्करबाट ८१ वर्षकी जमुना खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।मोटरसाइलकालको ठक्करबाट मालिका गाउँपालिका वडानम्बर–८ की ७२ वर्षकी लीला खनाल घाइते भएकी छन् ।
सोमबार बेलुकी तम्घासबाट सिमलटारी तर्फ जादै गरेको लु ५५ प ९७५७ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका २ जनालाई ठक्कर दिएको थियो ।गम्भीर घाइतेजमुनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पाण्डेले बताउनु भयो । अर्की घाइते लीलाको टाउको र खुट्टामा चोट लागेको र अबस्था मध्यम रहेको छ ।
उनको थप उपचारको लागि पाल्पा मिसन अस्पताल रीफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक गुल्मी मालिका गाउँपालिका वडानम्बर–८ दगास बस्ने २७ वर्षको ललित पौडेल फरार रहेको प्रहरीले जनाएको छ ।
उद्धारमा प्रहरी सहायक निरिक्षक मिनबहादुर सेनको कमाण्डमा ट्राफिक सहित ४ जनाको टोली खटीएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल सहित चालक फरार भएकाले खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend