साझा नेटवर्क
भरत श्रेष्ठ, अष्ट्रेलिया।
मेलबर्नमा भब्य रुपमा मनाउने तयारीका बिपरित अष्ट्रेलियाको भिक्टोरिया सरकारले कोभिड अवस्थाका कारण कायम गरेको नियमभित्र रहेर मनाउनुपर्ने बाध्यताका कारण बताए।
बर्षदेखि बिभिन्न किसिमले मनाउँदै आएको म्ह: पूजालाई थोरैको उपस्थितिमा तर ॐ ध्वनी उच्चारणका साथ शुरु गरेर फरक र बिशेष रुपमा मेलबर्नमा निरन्तरता दिइएको बताए । कार्यक्रममा सहभागी सबैलाई ७९ बर्षिया दिल कुमारी श्रेष्ठले म्ह: पूजामा गरिने परंपरागत बिधि अनुसारको पूजा गर्दै सगुन दिएका थिए । भने दिदी-बहिनी समाज भिक्टोरियाकी अध्यक्ष डा जमुना पराजुलीले सानो छँदा नेवार समुदायसंगको निकटताका कारण रमाइलोका लागि मनाइने यो परंपरागत पर्बको महत्व पनि बुझेको र संभवत ध्यानप्रतिको विस्वास, संलग्नता र आकर्षणका कारण ॐकार उच्चारणको क्रममा संभवत सामूहिक ध्यानको प्रभावका कारण कम्पन र छुट्टै किसिमको आनन्दानुभूतिको महसूस भएको बताइन ।
म्ह: पूजाको सार र गहन पक्ष आत्मा पूजाको अहिलेको विस्वमा बढ्दो आकर्षण ध्यानसंग तादात्म्यता रहेको भन्दै दिदी-बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा देबी श्रेष्ठले मेल्टन सिटी काउन्सिलको सहयोगमा मेल्टन नेपलिज कम्युनिटिसंगको सहकार्यमा दिदी-बहिनी समाज भिक्टोरिया आइन्ट्री युनिटद्धारा आयोजित म्ह: पूजालाई दिदी-बहिनी समाज भिक्टोरियाले आगामी दिन ‘सिग्नेचर प्रोग्राम’ को रुपमा पनि मनाउन सकिने संभावनातर्फ बताइन ।
देउसी भैलो कार्यक्रममा पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउने गरी मेलबर्नमा बनाउन लागिएको नेपाली सामुदायिक भवन निर्माणका लागि गठित अस्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष राजेश आचार्यले संस्थाको उद्धेस्य प्राप्तीमा भएका प्रगति र गतिबिधिका बारेमा जानकारी गराएका थिए देउसी भैलोबाट उठेको ५०% रकम अस्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टरलाई उपलब्ध गराउने उद्धेस्य अनुरुप देउसी भैलोबाट उठेको ५०% रकम ७०५ र सिनियर सिटिजनको भ्रमणबाट उठेको डलर ३१७ गरी जम्मा गरि।
१०२३ डलर दिदी-बहिनी समाज भिक्टोरियाको मेलबर्न वेस्टकी संयोजक रोशनी श्रेष्ठले अष्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टरका अध्यक्षले राजेश आचार्यलाई हस्तान्तरण गरिन भने एकजनाले १०१ डलर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन । देउसी भैलोबाट उठेको ५०% रकम मेलबर्न वेष्टमा खोलिने नेपाली स्कूलको लागि प्रयोग गरिने बताए ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend