इस्मा गाउँपालिका भित्र का ठुला योजनाहरु मध्येको एक यो योजना गाउँपालिका औधोगिक ग्राम जिल्लाको इस्मा गाउँपालिका वडा नं ३ राति पोखरीमा निर्माण हुने भएको छ।
कुल ३२ करोड लागतमा बन्ने बहुवर्षीय योजना अन्तर्गत यो वर्ष ९२ लाख रुपैयाँ परेको र टेन्डर प्रक्रियामा मार्फत ४६ लाखमा निर्माण गर्न सम्झौता ठेकदार संग भएको र तत्कालै निर्माण कार्य सुरु हुने इस्मा गाउँपालिका उप प्रमुख बिमला खत्री ले जानकारी दिएकी थिइन्। ४० रोपनी क्षेत्रफलमा निर्माण हुने औधौगिक ग्राम इस्मा गाउँपालिकाको गौरवको योजना मध्यको एउटा हो।
यसबाट सम्पुर्ण इस्मा बासी लाभान्वित हुने र यहाँका जनताको आर्थिक-सामाजिक विकासको लागि यो आयोजना कोसेढुङ्गा सावित हुने विश्वास लिएको बताउँदै यहाँका जनताका समस्या हरूलाई सम्बोधन गर्दै सम्रग इस्मा को विकासको लागि आफु र आफ्नो टिम अहोरात्र खटिएको र आफ्नो कार्यकाल भित्र धेरै ठुला योजनाहरू सुरु भएको कोही सम्पन्न हुने क्रममा रहेको कोही सम्पन्न भैसकेको धेरै जनसापेक्षिक काम गर्दा पनि केही असन्तुष्ट पक्षहरु ले सधै विरोध मात्र गर्ने र इस्मा गाउँपालिका भित्र केही पनि नभएको भन्दा आफुलाई अचम्ममा परेको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट ले बताए।
औधोगिक ग्राम सम्पन्न भैसकेपछि इस्मा क्षेत्र भित्रका संभावित मझौला तथा साना उद्योग हरूको स्थापना हुने र यहाँको उत्पादन र यहाँकै बजार रूपमा व्यापार व्यवसाय नयाँ र फरक सुदृढीकरण सहित नयाँ व्यवस्थित ढंगबाट सन्चालित हुने यस औधोगिक ग्राम बिभिन्न किसिमका पुर्वाधार मैत्री हुनै बैंक, स्वास्थ्य संस्था, सुरक्षा निकायको अफिस, गाउँपालिका भित्र सन्चालन रत बिभिन्न संस्थाका अफिस, औधोगिक अफिस, आधुनिक किसिमबाट उधोग सन्चालन गर्न सकिने गरी भवन हरूको व्यवस्था हुने बताए।
औधोगिक ग्राम निर्माण हुने जग्गामा धेरै सल्लाका रूख हरू रहेको हुँदा भवन निर्माण गर्दा ति रुख हरूको बिनास हुने भएकाले केही स्थानीय हरूले बिरोध गर्दै हाम्रो प्रयावरण माथि धावा बोलेको भन्दै आपत्ति जनाएका थिए, भने सोही ठाउँमा स्थानीय सरकार आउनु पुर्व केही व्यक्तिहरूलाई सुकुम्बासीको नाममा यहाँको जग्गा तात्कालिक (गाविस) गाउँ विकास समितिको कार्यालय ले वितरण गरेको थियो।
तर यो ठाउँ औधोगिक ग्रामको लागि उपयुक्त भएकाले त्यस ठाउँमा जग्गा पाएका व्यक्ति हरूलाई अनेत्र ठाउँमा जग्गा दिने गरी सम्झौता भएको र विरोध गर्न हरूलाई इंकित गर्दै वडा नं ३ का वडा अध्यक्ष तोयानाथ सापकोटा ले बताए केही पाउनलाई केही गुमाउनु पर्छ, यो संसारको नियम हो, र हामी ले यसै यहाँका बोट विरूवा हटाउन लागेको होइन यो ठाउँमा केही गर्नको निम्ति सबै जनसमुदायको फाइदा हुने गरी काम गरेको इस्मा वासि सबैलाई सेवा दिने हिसाबले विकास को नयाँ आयाम थपेको उनले बताए।