साझा नेटवर्क
संगिता कुंवर, जापान।
गुल्मेली समाज जापानको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ।
टोकियोको सोलमारी मुरा हलमा सम्पन्न बैठकमा पुरानो कार्यसमितिलाइ धन्यवाद दिदै आगामी दिनमा समाजले गर्ने कामको बारेमा बिभिन्न निर्णय समेत गरेको छ। समाजभित्र जापानमा रहेका सबै गुल्मेलीलाइ समेट्न नागोया र फुकुओका क्षेत्रीय कमिटि गठन गर्ने भएको छ। जसको संयोजकमा बाबुराम खरेल र टिकाराम खरेललाइ राखिएको छ। दयाराम खरेल,राम प्रसाद ढकाल र प्रर्शुराम न्यौपाने रहेको समुहले समाज भित्र बिगतमा भएका संझनालायक कामको अभिलेख र जानकारी राख्ने निर्णय गरेको छ ।
समाजको बिधानलाइ थप परिस्कृत र व्यवस्थापन गर्न बिधान संसोधन टिम बनाएको छ जसमा रोशन के.सी, शालिकराम भण्डारी शंकर सापकोटा, कुलचन्द्र खरेल र समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारी रहेका छन् ।जनवरी १० तारिक नयाँ बर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सहित बिधान संशोधन अधिवेशन गर्ने भएको छ । साथै समाजको आजिवन सदस्यता पनि खुल्ला गरिएको छ।
त्यस्तै मनोनीत सदस्यहरुमा इन्द्र थापा,प्रेमलाल पाण्डेय,दिनेश सापकोटा,टिकु बिप्लव,अर्जुन खरेल जिवलाल न्यौपाने र दिपक कंडेललाइ छनोट गरिएको छ । संस्थाको प्रवक्तामा दिलिप थापालाइ राख्ने निर्णय समेत भएको छ। विधान अनुसार स्वत पदेन सदस्य हुने भएकोले साविकका गाविस समाजका अध्यक्षलाइ सदस्यमा राखिएको छ ।
कार्यक्रम समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षता महासचिव संगिता कुवँरको संचालनमा सम्पन्न भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend