logo
  • शुक्रबार, असोज ९ २०८३

मन्त्री झाक्रि अस्पतालवाट डिस्चार्ज


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 शिव सुवेदी ,काठमाडौ कार्तिक १८ ।
शहरी विकास मन्त्री रामकुमारी झाक्री अस्पतालवाट डिस्चार्ज  भएकी छन ।
छातीमा निमोनिया संक्रमण भई एक हप्तादेखि वीर अस्पताल काठमाडौमा उपचार पश्चात वुधवार साझँ मन्त्री झाक्रि अस्पतालवाट डिस्चार्ज  गरिएको बताए ।
डिस्चार्ज भएपछि उहाले अस्पतालमा रहँदा आफ्नो उपचारमा संग्लग्न चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारी मित्रहरू, लगायत स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण आफन्तजन एवम् साथीभाईहरुप्रति हार्दिक आभार प्रकट  गरेकी छन ।
संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाह अनुसार अझै केही दिन भेटघाटलाई भने बन्द राखिएको मन्त्रीको निजि सचिवालयले जनाएकाे छ । निजी सचिवालयले समेत मन्त्री ज्युकाे शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गरेकाे छ । उहाँ अहिले मन्त्रीकाे सरकारी निवास पुल्चोकमा  रहेको बताए ।।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend