logo
  • आइतबार, असोज ११ २०८३

कालिगण्डकी नदिमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी कात्तिक १५ ।
गुल्मीमा कालिगण्डकी नदिमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । जिल्लाको चन्द्रको गाउँपालिका वडानम्बर–८ रुपाकोट बस्ने १९ वर्षका शंकर पौडेल नदिमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आइतबार बिहान जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–१ रुद्रावेनीमा मलामी गएको बेला कालिगण्डकी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । नदिमा बेपत्ता भएका युवकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend