logo
  • आइतबार, असोज ११ २०८३

लोक दोहोरी प्रतिष्ठान गुल्मीको १६औं साधारणसभा सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी कात्तिक १३ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाको १६औं साधारणसभाको सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न साधारण सभामा आजीवन सदस्य, साधारण सदस्य, कार्यसमति, सल्लाहाकार लगायतको सहभागिता रहेको थियो ।
साधारण सभामा प्रतिष्ठान गुल्मी शाखा सचिव भुवन भुसाल र कोषाध्यक्ष इश्वरी कंडेलद्धारा संगठन प्रतिबेदन र आर्थिक प्रतिबेदन पारित गरेको छ । साधारण सभाको अबसरमा आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।
साधारण सभाका प्रमुख अतिथीमा मानार्थ सदस्य एबं गुल्मी जिल्लाका समाजसेवी मानबहादुर श्रेष्ठले प्रतिष्ठान गुल्मीले कला संस्कृतिको संरक्षणसँगै सामाजिक कार्यमा आफनो पनि सधै साथ रहेको बताए ।

कार्यक्रममा आजीवन सदस्य तारा भुसाल, गुल्मी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष इश्वरी पौडेल, गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसाल, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतले गुल्मी जिल्ला कला गलाको खानी जिल्ला भएकाले यसको संरक्षण र नयाँ प्रतिभाको खोजीका लागि प्रतिष्ठान सधै अगाडी हुनुपर्नेमा जोड दिए ।

उनिहरुले प्रतिष्ठान गुल्मीले गीतसंगीत सँगै सामाजिक कार्यमा गरेको सहयोगको प्रशंसा गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार एबं प्रतिष्ठानका केन्द्रिय सदस्य सिता राना, शिलु भट्टराई, हरि खत्री, गणेश अधिकारी, लालमाया कुँवर लगायतले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend