logo
  • आइतबार, असोज ११ २०८३

इस्मामा सामाजिक सुरक्षा भत्ता बुझ्नेहरू घन्टौंसम्म लाइनमा बस्नु पर्ने बाध्यात्मक अवस्था


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

किरण अधिकारी, गुल्मी कार्तिक ११ ।
नेपाल सरकारले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्तर्गत २०७८ सालको साउन महिना देखि असौज सम्मको भत्ता अहिले वितरण गर्दै आएको छ । बैंक अफ काठमाण्डूको गुल्मी ईस्मा साखामा इस्मा गाउँपालिका वासी बृद्ध एकल महिला र शारीरिक रूपमा अशक्त अथवा सामाजिक सुरक्षा भत्ता पाउने लाभान्वित व्यक्तिहरूलाई भत्ता वितरण गरिदै छ ।
कात्तिक ११ इस्मा गाउँपालिकाको वडा नं ४ दोहली बासी हरूको भत्ता बुझ्ने पालो हो त्यसैले बैंक अफ काठमाण्डू इस्मामा सेवाग्राहीहरूको निकै ठूलो भिड लागेको छ । कोरोना जोखिम रहेकै बेला उमेरले नेटो काटी सकेका बृद्ध बुवाआमाहरू घन्टौंसम्म लाईन बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ ।
वडा नं ‌४ कोटकोटरी हुला चैया कल्यार लगायतका ठाउँबाट सेवाग्राहीहरूको जमघट निकै धेरै हुने गर्दछ । त्यही भिड भड्काले गर्दा बृद्ध अशक्तहरूले ठूलो शान्ति बेहुर्न पर्ने अवस्था छ । सेवाग्राहीका अनुसार जब स्थानीय सरकारको व्यवस्था सुरु भयो अनि हामीलाई अलिकति अप्ठ्यारो पर्यो अशक्त हुदाहुदै पनि जसरी भए पनि बैंक मै धाउनुपर्ने र परिवारमा अन्य सदस्य हुनेहरुलाई त सजिलो छ ।

जस्को बुढाबुढी बाहेक कोही छैनन् उनिहरुलाई त निकै चुनौतिपूर्ण कार्य जस्तो भएको छ । बरू स्थानीय सरकार नहुँदा घर घरमा भत्ता लिएर आउँथे गाविस सचिवहरू तर अहिले त्यस्तो छैन तर अहिले पनि अशक्त हरूलाई घरमै पुर्याउने व्यवस्था भैदिएको खण्डमा निकै सजिलो हुने थियो भत्ता बुझ्न आउने हरूको भनाई छ।

यो सास्तीलाई निराकरण गर्नको निम्ति सम्बन्धित निकायको छिटो भन्दा छिटो ध्यान जाओस् सेवाग्राहीहरूले सजिलो र छरितो रुपमा सेवा लिने वातावरण मिलाउनको निम्ति इस्मा गाउँपालिका लगायत सम्बन्धित निकाय र अधिकारकर्मी जनप्रतिनिधि सबैलाई सेवाग्राहीहरू सबैले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend