logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा एमाले इस्मा गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा कुवंर निर्वाचित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

किरण अधिकारी, गुल्मी कात्तिक १०।
नेकपा एमालेको प्रथम गाउँ/नगर अधिवेशन गुल्मीका बिभिन्न स्थानीय तहमा सम्पन्न भएको छ । जिल्लाको इस्मा गाउँपालिकाबाट राजेन्द्र बिक्रम कुवंरको अध्यक्षतामा ५७ जना गाउँ कमिटी कार्य सदस्य निर्वाचित समिति गठन गरिएको हो । उपाध्यक्ष नारायण पराजुली सचिबमा गनु अधिकारी उपसचिवमा नवीन अर्याल र कल्पना अधिकारी निर्वाचन भएका हुन ।
पालिका अधिवेशन बाट सर्बसम्मती नयाँ कार्यसमिति चयन हुन नसकेपछि निर्वाचन बाट टुंगो लगाइएको हो । एमाले इस्मा अधिबेशनको निर्वाचनमा जम्मा खसेको मत १५५ जसमा अध्यक्षको लागि नारायण पैयानी ४५ राजेन्द्र बिक्रम कुवर ९३ (बिजय) बिन बहादुर गौतम १० उपाध्यक्ष नारायण पराजुली सर्वसम्मत सचिब गनु अधिकारी ९३ (बिजय) नारायण कुवर ५६ उपसचिव नवीन अर्याल १२४(बिजय) दिपक पोख्रेल २८ कल्पना अधिकारी सर्वसम्मत भएका थिए ।

त्यस्तै नेकपा एमाले मालिका गाउँपालिका मा सर्बसहमत रुपमा नेतृत्व चयन गरिएको छ । अध्यक्षमा ओम कार्कि उपाध्यक्ष बालुराम अर्याल सचीव शोभाखर गिरि सह सचीव – खड्क नेपाली चयन गरिएको छ । त्यस्तै एमाले मुसिकोट नगरपालिका अध्यक्षमा प्रकाश काफ्ले, उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा गोपिकृष्ण खरेल, सह-सचिवमा द्वन्य सोमबहादुर छन्तेल र गंगा श्रेष्ठ सहित ७५ जना नगर समिति नगर कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।‌

त्यसैगरी चन्द्रकोट गाउँपालिकाको अधिवेशनबाट धातानन्द शर्माको अध्यक्षतामा ७५ सदस्यीय गाउँकमिटि ११ जना कार्यालय सन्चालन सदस्य र १८ सचिवालय समिति गरेको छ । उपाध्यक्ष राधिका अर्याल, सचिव प्रेमनारायण अर्याल, उपसचिव द्वन्य शिद्व बहादुर थापा, जानकी गैरे निर्वाचित भएका छन् । त्यसैगरी सत्यवती गाउँपालिका अधिवेशन खैरेनीमा सम्पन्न भएको छ ।

अधीवेशन ले वडा नं १ का वडा अध्यक्ष समेत रहेका भिमलाल पाण्डेलाई गाउँ कमिटीको अध्यक्षमा चयन गरिएको छ ।‌ उपाध्यक्ष सोभा भण्डारी, सचिवमा डिल्लीराज बस्याल, सह-सचिवमा लक्ष्मण भण्डारी क्षेत्री, ईश्वरी पाण्डे सहित ५३ सदस्य समिति चयन गरिएको हो । भने अन्य पालिकाको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend