logo
  • आइतबार, असोज ११ २०८३

शक्ति राष्ट्रहरूको दवाब अस्वीकार गर्ने साहस गठबन्धनसँग छ : अमिक शेरचन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुनाराम घिमिरे, बुटवल कात्तिक ८ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शक्ति राष्ट्रहरू अहिलेको गठबन्धन भत्काउनेतर्फ लागेको बताएका छन् । चितवनको भरतपुरस्थित आफ्नै निवासमा नेकपा (माओवादी केन्द्र) भरतपुर– २६ दिव्यनगरले गरेको सम्मान कार्यक्रममा शेरचनले शक्ति राष्ट्रहरूको दबाब अस्वीकार गर्ने आँट गठबन्धनसँग भएको बताए ।

उनले भने, ‘विदेशी शक्तिहरूमार्फत नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि ठूलो चुनौती देखिएको छ, राष्ट्रिय रूपमा अप्ठ्यारो परिवेश भए पनि यो गठबन्धनले लोकतन्त्र, गणतन्त्र बचाउन अहिलेको विदेशी हस्तक्षेपलाई परास्त गर्ने विश्वास मैले लिएको छु ।’

उनले पछिल्लो समय बुझीनबुझी संघीयताका विरोधी र राजतन्त्रका पक्षमा भएका टीकाटिप्पणीसमेत अर्थहीन भएको बताए । उनले भने, ‘दास व्यवस्थातर्फ हैन, वैज्ञानिक र उत्कृष्ट समाज विकासमा छलफल गर्न सकिन्छ । तर यसको विरोध आवश्यक छैन ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend