साझा नेटवर्क
अनिल खत्री, गुल्मी कार्तिक ७।
नेकपा एमाले गुल्मीको ७ वडामा वडाअधिबेशन हुँन बाँकी रहेको छ । जिल्लामा रहेका ९३ वटा वडाहरु मध्ये ७ वटा वडामा वडा अधिबेशन हुन बाँकी रहेको नेकपा एमाले गुल्मीमा उपसचिव धर्म बिश्वकर्माले बताए ।
वडाअधिबेशन हुँन बाँकी रहेका वडाहरुमा मालिका गाउँपालिकाका ३ वटा वडा, मदाने गाउँपालिकाका १ वटा वडा धुर्कोट गाउँपालिकाको १ वटा वडा र सत्यवत्ति गाउँपालिकामा १ टा वडामा अधिबेशन हुँन बाँकी रहेको बिश्वकर्माले बताए। बाँकी रहेका वडाहरुमा अधिबेशनको बन्द सत्र जारी रहेकाले छिट्टै नयाँ नेतृत्वचयन हुने नेकपा एमाले गुल्मीले जनाएको छ।
सम्पन्न भएका वडाहरुमा सर्बसहमतीमा नेतृत्व चयन गरिएको नेकपा एमाले केन्द्रिय सदस्य एबं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले बताए । वडा अधिबेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत भएका छन् । कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित भएका हुन् । वडा अबिधेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ÷नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ ।
त्यस्तै दलित/महिला/जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको उपसचिव बिश्वकर्माले बताए । निर्वाचनको केन्द्रिय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अबिधेशन सम्पन्न हुदैछ । त्यसको लागि सोमबार प्रतिनिधीको नामावली र निर्वाचन अधिकृत तोकिने बिश्वकर्माले बताए । अबिधेशनका लागि नेकपा एमालेका जिल्ला भर १० हजार १९५ जना संगठित सदस्य रहेका छन् ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend