logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीमा खोलाले बगाएको बलेरो जीप भेटियो


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी कात्तिक ४ ।
गुल्मीमा कात्तिक १ गते अबिर वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा बगाएर बेपत्ता जीप फेला परेको छ । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएर बेपत्ता भएको थियो ।
बगाएको जीपलाई खोज्ने क्रममा बिहिवार बगेको स्थानबाट ८ सय मिटर तल छेतछिच्छेद अबस्थमा फेला परेको स्थानीय ज्ञानहरी सापकोटाले बताए । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए ।

जिप खोला नजिक दलदलमा फसेको र यात्रु र चालक झरीसकेपछि माथिबाट आएको लेदो सहिको पानीले उक्त जिप बगाएको थियो । जीपसँगै यात्रुका सबै समानहरु गाडि संगै बगेका थियो ।

यस अघिको बर्खाको समयमा पनि माल बाहक ट्रक बगाएको थियो । गुल्मी जिल्लाको क्षेत्र नम्बर १ को रिडी वामी सडक अन्र्तगत पर्ने डहरे खोला व्यस्त सडक हो ।

सडक खुलेको वषौं भएपनि अझैपनि कालो पत्रे र ठाउठाउका खोलाहरुमा पक्की पुल बन्न सकेको छैन् । जसले गर्दा वर्षातको समयमा जोखि मोलेरै सयौं सवारीका साधनहरु आउजाउ गर्ने गर्दछन् । यो सडक भएर गुल्मी जिल्लासँगै छिमेकी जिल्ला बाग्लुङ बुर्तिबाङ सम्म सवारी साधान गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend